शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • क्वारेनटाइनमा पुगेर नगर प्रमुख शाहले भने हामी तपाइको साथमा छु !

क्वारेनटाइनमा पुगेर नगर प्रमुख शाहले भने हामी तपाइको साथमा छु !

  • सोमवार, जेष्ठ १९, २०७७
क्वारेनटाइनमा पुगेर नगर प्रमुख शाहले भने हामी तपाइको साथमा छु !

बाजुराको बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबि क्वारेनटाइनमा बसेकी २ बर्षिय वालिकाको मृत्यु सँगै आमा समेत संक्रमित देखिएपछि क्वारेनटाइनमा बस्ने सबै त्रसित भए । आईतवार बिहान जिल्ला अस्पतालको आइसोलेसनमा २ बर्षिय वालिकाको उपचारका क्रममा मृत्यु भयो । दिउसो मात्र प्रयोगशाला बाट मृतक वालिका र आमाको पोजिटिभ रिपोट आएपछि एकाएक जिल्ला भरी त्रासितको वाताबरण बन्यो ।
जिल्ला सँगै अझ धुरालसैन क्वारेनटाइन त निकै त्रसित बन्यो । क्वारेनटाइनमा १ सय ८० जना बसिरहेका थिए । त्यहि क्वारेनटाइनमा बसेकी बालिका कोरोना बाट मृत्यु भएको खबर आएपछि सबै त्रसित भएको क्वारेनटाइनमा बसेका एकजनाले बडिमालिका खबरलाइ बताए । खबर सुन्ने बितिकै हामि त छाँगा बाट खसे झै भएको बताए ।
आइतबार देखि त्रसित बनेको क्वारेनटाइन नै सिल समेत भयो । सिल भएसि मनमा सबैमा त्रास बढदै गयो । सोमबार एकाएक नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह क्वारेनटाइनमा पुगे । उनले क्वारेनटाइनमा पुगेर टाढा बाट क्वारेनटाइनमा बसेकालाई त्रसित बाताबरणमा शान्तना दिने काम गरे । शाहले सबैलाई सुरक्षित बस्न र सामाजिक दुरि कायम गर्न आग्रह मात्र गरेनन, नगरपालिका तपाइहरुको साथमा छ चिन्ता नलिनु भने । क्वारेनटाइनमा बस्दा कुनै समस्या हुन नदिने समेत बताएको क्वारेनटाइनमा बसिरहेकाले वताएका छन् ।
हामी निकै त्रसित रहेका थियौ, हामिहरुको स्वाब संकलन गर्न आएको टोलि सँगै नगरप्रमुख आएपछि निकै शान्तना भएको धिर बहादुर परिले वताएका छन् । नगरप्रमुखले कोरोना बाट त्रसित नहुन, हामि तपाइको साथमा छौ र अन्य ब्यबस्थापनमा कुनै कमजोरी हुन नदिने बताएका थिए । नगरप्रमुख आउदा धेरै साहस बढ्यो, अभिभाबक आए जस्तै लागेको धिरले बताएका छन् ।
धुरालसैन क्वारेनटाइनमा बस्ने वालिकाको मृत्यु र आमा संक्रमति भएपछि क्वारेनटाइनमा पुगेर अनुगमन गरेको बताए । नगरपालिका अन्य क्वारेनटाइनमा पुगेर ब्यबस्थापनमा जोड दिइरहेको नगरप्रमुख शाहले वताए । धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८० जना र स्वास्थ्यकर्मी सुरक्षकर्मी गरि १ सय ८३ जनाको सोमवार स्वाब संकलन गरिएको नगरपालिकाले बताएको छ ।
बालिकाको अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा बालिका, आमा र बुवा गरि ३ जना जेठ १५ गते साझँ राखिएको थियो । मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक वालिकाका आमा र बुवा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार