शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोरोना उपचारमा खटिएका चिकित्सको अनुभब

कोरोना उपचारमा खटिएका चिकित्सको अनुभब

  • सोमवार, जेष्ठ १९, २०७७
कोरोना उपचारमा खटिएका चिकित्सको अनुभब

 हिजो बाट फ्रोन्ट्लाईनर भैयो,गारो छ । डिउटी स्टेसनको हालत हेर्दाखेरी दुई कोठामा पाच जना बस्नु परेकोछ । जिल्ला समन्वय समितिको पुरानो घर खाली गर्न सके प्रत्यक स्वास्थ्यकर्मिलाई एउटा एउटा कोठामा ब्यबस्था गर्न सकिन्छ कि भन्ने हो । बस्ने ब्यबस्थापन भएन भने आगामी दिन जोखिम छन । सम्पुर्ण खटिएका कर्मचारिहरुका लागी एउटा शौचालय मात्रै छ ।

यो ब्यबस्था हुन नसके बिरामी हेर्न निकै कठिनाई हुने छ अनि कसरी उच्च मनोबलका साथ काम गर्ने होला । बिरामिहरुका लागी समेत थप सौचालयको आबस्यकता देखिन्छ । बिरामिहरुले प्रयोग गर्ने शौचालय समेत एउटै भएकोले झन समस्या भएको छ ।

जिल्ला अस्पतालले मात्रै सबै गर्नुपर्छ भन्ने मानसिकता बोक्यो भने स्वास्थ्यकर्मिले मात्रै सबै थोक गर्न सकिन्न । हाम्रो भौतिक संरचना भएको भए हारगुहार गर्नु पर्ने थियन । अस्प्ताल निर्माण क्षेत्रमा संरचना निर्माण गर्न नसकिने हुदा सबैको रोजाई समन्वयको सभाहल हो ।

कतिपय जिल्लामा अस्थाइ अस्पताल नै खडा गरिसके यहा न ठाउ पाइन्छ न त घर पाइन्छ । बाजुरा जिल्ला उच्च जोखिममा गैसकेको छ । मलाई बिभिन्न क्वारेन्टाइन बाट त्यहा बस्नेमा कुनै रुपमा बिरामि भएको जानकारी आएको छ । अब दबाब दिएर पनि एउटा अस्थाई अस्पताल अझै बनाउनु हाम्रो जिम्मेवारी हुनेछ ।

हामीलाई कम्तिमा पनि एउटा सस्पेक्टेड केस र एउटा कन्फर्म केस राख्ने फरक फरक बेड भएको अस्पताल चाहिन्छ अनि मात्र ब्यबस्थापन गर्न सकिन्छ । हिजो शब ब्यबस्थापनमा नेपाली सेना र घाट सम्म नै पुगेर अन्त्यष्टि गर्ने चालक मेयर साप र डि एस पि साप लाई नमन गर्न चाहन्छु ।

चर्चामा

सम्बन्धित समाचार