बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्युकाे पाटीद्धारा शाेक बक्तब्य

काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्युकाे पाटीद्धारा शाेक बक्तब्य

  • आइतवार, जेष्ठ १८, २०७७
काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्युकाे पाटीद्धारा शाेक बक्तब्य

बाजुरा — काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा समाजवादी पाटि शुदुरपश्चिम प्रदेश सदस्य तथा बाजुरा युवा नेता २५ बर्षका धन बहादुर बुढाकाे मृत्यु भएकाेमा शाेक बक्तब्य जारी गरेकाे छ । उनि सँगै बझाङका २२ वर्षका लोकेन्द्र विष्टकाे पनि मृत्यु भएकाेमा पाटी गहिराे दुख ब्यक्त गर्दछाै बक्तब्यमा भनिएकाे छ ।  बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको थियाे।

घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो।  मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मृतक युवा नेता २५ बर्षका धन बहादुर बुढा सदरमुकाम मार्तडीमा इटा ब्यबसाय सञ्चालन गर्दै आएका थिए ।

समाजवादी पार्टी बाजुराले उहाको आत्मा चिरशान्तिको कामना गर्दै शोक विज्ञप्ति जारी गरेको छ । साथै आज दिउँसो २ बजे कैलाश ईट्टा उधोगमा समाजवादी पार्टी बाजुराले शोक सभा सम्पन्न गरि शोक विज्ञप्ति जारी गरेको हो  । शोक सभामा बुढाकाे  फोटोमा माल्यापण गरि एक मिनेट श्रद्धाञ्जली अर्पण गरेको समाजबादी पाटी बाजुराले जनाएकाे छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार