बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाद्धारा एक सातासम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्दकाे आह्वन

बडीमालिका नगरपालिकाद्धारा एक सातासम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्दकाे आह्वन

  • आइतवार, जेष्ठ १८, २०७७
बडीमालिका नगरपालिकाद्धारा एक सातासम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्दकाे आह्वन

बाजुरा —  जिल्ला सदरमुकामा मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले अति अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सेवा बन्द गर्ने भएको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै नोबेल कोरोना भाईरस कोभिड–१९ को प्रभाव दिन प्रतिदिन बढ्दै गएकाले वर्तमान अवस्थामा जिल्लामा पनि भारतबाट आउने क्रम बढेकाले अति आवश्यक सेवा बाहेका सेवा बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएकाे छ।
कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा सहित अत्यावश्यक सेवा बाहेकका अन्य सवै सेवा पूर्ण रुपमा बन्द गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले गरेकाे हस्ताक्षेरीत बिज्ञप्तीमा भनिएकाे छ।
No photo description available.

चर्चामा

सम्बन्धित समाचार