बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कोरोना संक्रमित देखीए संगै धुरालसैन माबिमा सिल गर्ने निणर्य

कोरोना संक्रमित देखीए संगै धुरालसैन माबिमा सिल गर्ने निणर्य

  • आइतवार, जेष्ठ १८, २०७७
कोरोना संक्रमित देखीए संगै धुरालसैन माबिमा सिल गर्ने निणर्य

बाजुरा — बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य गरेको । आज दिउसो जिल्ला प्रशासन कार्यालयमा कोबिट १९ रोकथाम तथा नियन्त्रण समितिको बसेको बैठकले सो निणर्य गरेको हो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि मृतक बालिका सहति उनका आमा बुवा समेत जेठ १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भए संगै संक्रमित बसेको क्वारेन्टाइन समेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आईतवार दिउँसो आएको रिर्पोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।  मृत्यु भएकी बालिकाकाे दाहसंस्कार नेपाली सेनाले गर्ने समितिले निर्णय गरेकाे बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार