बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • माननीय ज्यु ! बाजुरेली जनताले अब रेडबुक फिर्ता गर्ने कि सांसद ?

माननीय ज्यु ! बाजुरेली जनताले अब रेडबुक फिर्ता गर्ने कि सांसद ?

  • आइतवार, जेष्ठ १८, २०७७
माननीय ज्यु ! बाजुरेली जनताले अब रेडबुक फिर्ता गर्ने कि सांसद ?

अर्थमन्त्रीले युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागी सङ्घीय संसदमा जेठ १५ गते १४ खर्ब,७४अर्ब,६४ करोड रुपैयाँ विनियोजित गर्नुभयो| चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब,४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब,५२ अर्ब,९१ करोड रुपैयाँ विनियोजन गरेको छ।  त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिरहदा बाजुरा जिल्लाका स्थानीय तह माथी राजनैतिक प्रतिशोधको कारण सौतेनी व्यबहार गरेको देखिन्छ|

एकमात्र निर्वाचन क्षेत्र भएको बाजुरा मा जम्मा ९ वटा स्थानिय तह रहेका छन् | जसमध्ये चार वटा नगरपालिका र पाँच वटा गाउपालिका छन। नेकपा सरकारले बाजुरा को स्थानिय तह मा बजेट बिनियोजन गर्दा बुढिगङ्गा नगरपालिकामा ३४ करोड,९४ लाख,त्रिबेणि नगरपालिकामा २८ करोड,२ लाख,बडिमालिका नगरपालिकामा २७ करोड,७४लाख, बुढिनन्दा नगरपालिकामा २८ करोड,७१लाख,त्यसै गरि गौमुल गाउँ पालिकामा २३ करोड,७७ लाख, खप्तड क्षेडेदह गाउँ पालिकामा ३०करोड,३२ लाख, जगन्नाथ गाउँ पालिकामा २० करोड,५९लाख, स्वामिकार्तिक गाउँ पालिकामा २७ करोड ५६ लाख र हिमाली गाउँ पालिकामा १९ करोड,७३ लाख गरि बाजुराका ९ स्थानिय तहलाई कुल जम्मा २ अर्ब,४१ करोड,३८ लाख बिनियोजित गरिएको छ |

प्रदेश र स्थानीय तहलाई पुर्बाधार बिकास सम्बन्धि कार्यक्रमहरु कार्यान्वयनमा गर्नको निम्ति समपुरक अनुदान प्रदान गर्न आवश्यक अनुदान सम्बन्धि कार्यबिधी २०७५ बनेको छ| जसमा प्रष्ट लेखिएको छ-स्थानिय तहको पुर्बाधार बिकास, जस अन्तरगत सडक ,खानेपानी,कृषि उत्पादन र भण्डारण, साना तथा मझौला उधोग, बिजुली बत्ती, स्थानिय कार्यलय निर्माण, पर्यटन पुर्वाधार आयोजना,पुल निर्माण, स्वास्थ,नविनतम प्रबिधिको प्रयोग ,र क्याम्पस निर्माण आदि कार्यका लागि स्थानिय तहले कार्ययोजना प्रस्ताव गर्ने ब्यवस्था छ| त्यसै अनुरुप बाजुरा जिल्लाका नौ वटै स्थानिय तहले आफ्नो-आफ्नो प्राथमिकताका कार्ययोजनाहरु छनौट गरि केन्द्र सरकारलाई पठाइएका छन| यसरी छनौट गरि पठाउदा समेत बाजुरा जिल्लाका अधिकांस स्थानिय तह समपुरक बजेट पाएका छैनन् |

 बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये जिल्लाको त्रीबेणी नगरपालिकामा राजनैतिक प्रतिशोधको कारण विशेष र समपुरक दुबै बजेट छुट्याएको देखिदैन| त्यस्तै जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका र हिमाली गाउँपालिका मा समपुरक बजेट छुट्याइएको छैन| जस्ले प्रस्ट पार्छ कि राजनैतिक पुर्बाग्रहका आधारमा बाजुरामा संघीय सरकार ले बजेट बिनियोजन गर्यो| यी तिनवटै पालिकामा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ| कांग्रेसले निर्वाचन जितेकै कारण जिल्लाको बिकासमा समेत प्रतिशोध राख्नु के स्वभनिय छ? माननीय लाल बहादुर थापाले जनतालाई जवफ दिनुपर्छ? paragraph change स्थानीयले पुर्बाधार निर्माण को लागि नगरपालिकाले १ करोड देखि 10 करोड सम्मको योजना प्रस्ताव गर्न सकिने ब्यवस्था कार्यबिधीमा प्रस्ट छ|

त्यसै अनुरुप स्थानिय तहले योजना छनोट गरि पठाउदा सम्म पनि राजनितिक पुर्बाग्रह राखेर जुन बजेट बिनियोजन भयो यसले आम बजुरेली जनताको बिकासको सपना माथी प्रहार गरेको छ,जुन कुरा स्विकार्य छैन् | आर्थिक बर्ष २०७५/७६ मा बाजुरामा बजेट बिनियोजित गर्दा राष्ट्रिय गौरबका आयोजना नसमेटिएको भन्दै संसदमा रेडबुक फिर्ता गर्ने माननीय लाल बहादुर थापा यो आर्थिक बर्षमा आफ्नै संलग्नतामा जिल्लाकै स्थानिय तहको बजेट कटौतीमा स-प्रमाण लागेको देख्दा आम बजुरेली जनताले अब माननीय थापालाई संसदबाट फिर्ता बोलाउने तागत राख्नुपर्छ,अर्थात बाजुरा फिर्ता बोलाउनु पर्छ|

सुखी नेपाली र समृद्ध नेपालको भजन गाउने अहिलेको नेकपा सरकार पिछडिएको क्षेत्रमा बिकासको मुल फुटाउन भन्दा राजनैतिक पुर्वाग्रहका आधारमा बिभेदको बाटोमा हिडेको देखिन्छ| जनताको बिचमा मत माग्दा गाउँ-गाउँमा सिहदरबार भन्ने अनि जितेर संसदमा जादा एउटा जिल्लाको पालिका माथी सौतेनी व्यबहार देखाउने नेकपा को सरकार बाट हामीले के आस गर्न सक्छौ?बाजुरा जिल्ला गरिबी ,भोकमरी,छुवाछूत , बेरोजगारी र बिकास सूचकांकमा ७७ स्थानमा पर्छ तर सम्भावनाको दृस्ठिकोणमा हामी कोहि भन्दा कम छैनौं| जल,जमिन र जंगलले भरिपुर्ण बाजुरा जिल्ला बिकासमा पछाडी पर्नुको एउटै कारण राज्यको हेपाह प्रवृत्ति र जिल्ला बाट निर्वाचित राजनैतिक नेतृत्वको असक्षमता हो ।

अब यो अवस्था बाट जिल्लालाई माथी उकास्न मात्रै जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरु जनता प्रती ईमान्दार भैदिए पुग्छ? हाम्रो युवा जनसंख्या र प्रकृतिको अनुपम भुमी नै बाजुराको बिकासका सबैभन्दा दुई ठुला हतियार हुन् | यी दुबैले राज्यका हरेक निकायमा हाम्रो पहुच र लगानी खोजिरहेका छन् |

बडिमालिका,खप्तड,बुढिनन्दा,क्षेडेदह,बुढिगङ्गा आज जसरी राज्यको लगानीको पर्खाईमा छन् ,त्यसरिनै बाजुराका युवा/युवतीहरु जिल्लामा कुशल राजनैतिक नेतृत्वको पर्खाईमा छन् | जिल्लामा कुशल नेतृत्वको अभावकै कारण एउटा पनि राष्ट्रिय गौरवको आयोजना भित्रीएको छैन् | अब पनि राजनैतिक पुर्वाग्रह भन्दा माथी उठेर जिल्लाबाट कुशल नेतृत्व छनौट गर्न सकेनौं भने बाजुराको बिकास पछि धकेल्लिने निश्चित देखिन्छ|

चर्चामा

सम्बन्धित समाचार