शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराकाे पहिलाे काेराेना संक्रमित कालिकाेट भेटिए

बाजुराकाे पहिलाे काेराेना संक्रमित कालिकाेट भेटिए

  • शनिबार, जेष्ठ १७, २०७७
बाजुराकाे पहिलाे काेराेना संक्रमित कालिकाेट भेटिए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा बाजुराकाे एकजनामा भेटिएकाे हाे ।  बाजुराकाे उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुषमा काेराेना सक्रमण भटिएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा‍‍. मगल रावलले वताएका छन् । उनकाे स्वाब सकलन कालिकाेट बाट लगेकाे थियाे । उनि कालिकाेटमा क्वारेनटाइनमा बसिरहेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ । दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए । शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार