शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा ९० क्वारेनटाइनमा २२ सय ५२ जना, अस्तब्यस्त क्वारेनटाइन

बाजुरामा ९० क्वारेनटाइनमा २२ सय ५२ जना, अस्तब्यस्त क्वारेनटाइन

  • शनिबार, जेष्ठ १७, २०७७
बाजुरामा ९० क्वारेनटाइनमा २२ सय ५२ जना, अस्तब्यस्त क्वारेनटाइन

बाजुरा– बाजुराका जिल्लाका ९ वटा स्थानिय तहका ९०  वटा क्वारेनटाइनमा २ हजार २ सय ५२ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको शनिवार ३ बजे सम्म २ हजार २ सय ५२ जना बसेका भएपनि थपिदै जाने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
५ सय ६ जना महिला र १७ सय ४६ जना पुरुष  क्वारेनटाइनमा रहेको छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर बसेका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।
क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ७६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार