शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गर्भवती महिलाको बडिमालिका नगरपालिकाद्वारा उद्वार

गर्भवती महिलाको बडिमालिका नगरपालिकाद्वारा उद्वार

  • शनिबार, जेष्ठ १७, २०७७
गर्भवती महिलाको बडिमालिका नगरपालिकाद्वारा उद्वार

 बाजुराको बडिमालिका नगरपालिकामा एक दलित गर्भवती महिलाइ पैशा नभएपछि अस्पतालले धनगढी रिफर गरेपनि आफन्तले घर लगेकी महिलाकाे बडिमालिका नगरपालिकाले उद्धार गरेकाे छ । बडिमालिका नगरपालिका ९ मार्तडी की २२ बर्षकि पबित्रा सार्कीको बच्चा पाँउने बेला अबस्था जटिल हुने भन्दै सेति प्रादेशिक अस्पताल रिफर गरेकाे भए पनी अार्थिक स्थिति कमजाेर भएका कारण केही दिन देखी राेकीएकी थिइन  । शार्कीकाे परिवार संगं धनगढी जान एम्बुलेन्सको भाडा तिर्न नसकेपछि घरमा लगेको समाचार बडिमालिका खबर मार्फत समाचार सम्प्रेशण पश्चात बडिमालिका नगरपालिकाले एका बिहानै साे निर्णय गरेकाे बताइएकाे छ ।

बडिमालिका खवरमा समाचार सम्प्रशणा पश्चात बडिमालिका नगरपालिकाकाे सहयाेगमा पबित्रा शार्कीका लागि एम्बुलेन्स सहयाेग गरी धनगढी पठाइएकाे हाे ।  पबित्राले यो भन्दा पहिला दुई पटक अप्रेशसन गरेर बच्चा जन्माएकोले बाजुरा अस्पतालले रिफर गर्नुपरेको डा. शेर बहादुर साउदले वताएका छन् । फेरि पनि अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने हुन्छ, दुई पटक भन्दा बढि अप्रेशन गर्दा निकै जटिल हुने गर्छ, त्यो बेला रगतको ब्यबस्थापन त्यस्तै परे पाठेघर नै फाल्नु पर्ने अबस्था हुन्छ, यहाँ सम्भब नभएपछि रिफर गरेको डा. साउदले वताए । आईसियुको ब्यबस्थापन भएको ठाँउ समेत आबश्यक हुने चिकित्सले वताएका छन् ।
अस्पतालले जेठ २२ गते पबित्राको बच्चा पाँउने मिति दिएको छ, अस्पतालले त २ हप्ता पहिला नै सुबिधा सम्पन्न ठाँउ लग्ने भनिसकेको छ । तर १५ गते मात्र रिफर कागज बनाउन आएको  र रिफर गरीसकेकाे अस्पतालले जनाएको छ । पबित्रालाइ तत्काल धनगढी लग्नुपर्ने चिकित्सले बताएका छन् । तर पैशा नभएपछि घरमै रहेकाे अबस्थामा अाज नगरपालिकाले उद्धार गरी पठाएकाे बडिमालिका नगरपालिका नगर उपप्रमुख कबिता बिष्टले बताइन ।
जेठ १५ गते बडिमालिका नगरपालिकामा आर्थिक सहयोगका लागि जगत सार्कीले निवेदन दिएको भएपनि नगरपालिकाले आर्थिक ब्यबस्थापन कठिनाइ भए पनी अाज उद्धार गरी धनगढि पठाइसकेकाे उपप्रमुख बिष्टले बताइन ।

चर्चामा

सम्बन्धित समाचार