बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • सामुदायिक बिधालय क्वारेन्टाइन बनाएर निजिमा भर्ना खोल्न लाज लाग्दैन मन्त्री ज्यु?

सामुदायिक बिधालय क्वारेन्टाइन बनाएर निजिमा भर्ना खोल्न लाज लाग्दैन मन्त्री ज्यु?

  • शनिबार, जेष्ठ १७, २०७७
सामुदायिक बिधालय क्वारेन्टाइन बनाएर निजिमा भर्ना खोल्न लाज लाग्दैन मन्त्री ज्यु?

कम्युनिष्ट सरकारले सामुदायिक बिधालयहरुलाई क्वारेन्टाइन बनाई निजि बिधालयहरुमा विद्यार्थी भर्ना खोलेको भन्दै नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचिव,कांग्रेस युवा नेता योगेन्द्र रावलले संकटको बेला शिक्षामा गरिव र धनी वर्ग का छोराछोरी बिच खाडल पारेको भन्दै माननीय शिक्षा मन्त्रीलाई setting मा होईन System मा चल्न चेतावनी दिनुभयो| नेता रावलले सामाजिक संजाल मार्फत-“गरिवका_छोराछोरी_पढ्ने_सामुदायिक_विद्यालयहरु_क्वारेन्टाइन| धनी_र_केही_नेताका_छोराछोरी_पढ्ने_निजी_विद्यालयहरुमा_विद्यार्थी_भर्ना| विद्यार्थी संगठनका नेताहरु पार्टीको भजन गाउन ठिक्क! अनि कसरी सम्भव हुन्छ,शिक्षामा समानता??? #लाज_लाग्दैन_शिक्षा_मन्त्री_ज्यु? हाम्रो बिनम्रता पुर्वक आग्रह छ,माननीय मन्त्री जि! Setting होईन system मा चल्नुपर्छ।”

आफ्नो धारणा सार्वजनिक गर्नु भयो| नेता रावलले राज्य नै समाजमा विभेद सृजना गर्नतर्फ लागेको भन्दै शिक्षामा गरिव र धनी वर्गका बालबालिकाहरुलाई छुट्टाछुट्टै ब्यवस्था गरि गरिव वर्गका विद्यार्थीको मनोबल गिराउने कार्य नेबि संघलाई स्विकार्य नहुने बताउनु भयो| नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुल सिद्धान्त नै पैसा कमाउनु भएकोले नेकपाका सबै तहका सरकारहरु संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाउदै नेता रावलले अहिलेको विषम परिस्थितिमा पैसा कमाउनकै लागि निजि बिधालयमा भर्ना खोलेको भन्दै माननीय शिक्षा मन्त्रीलाई पैसामा बिकेर गरिव वर्गका विद्यार्थीको भबिष्य बिगार्न लाज लाग्छ कि लाग्दैन भनेर प्रश्न समेत गरेका छन्  ।

चर्चामा

सम्बन्धित समाचार