बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भिरबाट लडेकी बिपनाको उपचारमा सहयोग

भिरबाट लडेकी बिपनाको उपचारमा सहयोग

  • शुक्रबार, जेष्ठ १६, २०७७
भिरबाट लडेकी बिपनाको उपचारमा सहयोग

बाजुराको हिमाली गाउँपालिका ७ की १६ बर्षिय बिपना लुहारको उपचारमा आर्थिक सहयोग भएको छ । राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी बिपनाको उपचारमा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान (NHEDF) लगायत संस्था र ब्यक्तिले सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले भने अस्पताल सँग छलफल गर्दा अप्रेशसन लगायत भित्र ब्यबस्थापन भएको सेवा सबै अस्पतालले निशुल्क गर्ने गरि ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल सँग सहमति भएको वताए । त्यस्तै रड औषधि लगायत बाहिर बाट खरिद गर्नुपर्ने सामान आफुहरु आर्थिक संकलन गरेर सहयोग गर्ने भएको अध्यक्ष बस्नेतले वताएका छन् । बिपनाको उपचारका लागि भन्दै बाजुरा घर भइहाल अमेरिका बाट सुनि गुरुङ्गले ५ हजार त्यस्तै अमेरिका बाट सामाजिक अभियान्ता अर्जुन प्रसाद मैनालीले रड तथा औषधि खरिदका लागि ५ हजार सहयोग गरेका छन् ।

त्यस्तै पराष्ट्र मन्त्रालयका उपसचिब हाल स्विजरल्याण्ड नेपाली दुतावासमा कार्यरत उत्तम बहादुर शाहिले ७ हजार, मालपोत कार्यलयका ईन्द्र बहादुर शाहि बाट ५ हजार, नरर्भिक अस्पतालमा कार्यरत राजेश सिंहले ४ हजार, जापान बाट नवीन महतरा बाट १० हजार र बाजुरा काठमाडौ सम्पर्क समितिका सदस्य सचिब जस बहादुर शाहिले २ हजार बिपनाको उपचारका लागि सहयोग गरेका छन् ।

बिपनाको राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ४ सय २६ मा उपचार गराइरहेकि छन् । बिपनाको परीवारले उपचारका लागि समस्या भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन । जसी लुवारकी छोरी विपना लुहार जेठ तीन गते गाँउ नजिक घाँस काट्ने बेला भिरबाट लडेर घाइते भएकि थिईन् । बिपनालाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने अबस्था भएपछि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा रिफर गरिएको थियो ।

बिपना गाँउ नजिकै गुइपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट लडेपछि एउटा खुट्टा भाँचिनुका साथै शरिरमा गम्भीर चोट लागेको थियो । उनि भारति कौशाडि माबिमा १० मा अध्यनरत रहेकी छन् । भिरबाट विपना लडेपछि गाडी रिर्जव गरेर काठमाण्डौ पु¥याएको हाल उपचार गर्ने पैसा अभावका कारण उपचारमा निकै समस्या रहेको गणेश लुहारले वताए ।

चर्चामा

सम्बन्धित समाचार