शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • भिरबाट लडेकी हलिया परिवारकी बिपनाको उपचारमा आर्थिक समस्या

भिरबाट लडेकी हलिया परिवारकी बिपनाको उपचारमा आर्थिक समस्या

  • आइतवार, जेष्ठ ११, २०७७
भिरबाट लडेकी हलिया परिवारकी बिपनाको उपचारमा आर्थिक समस्या

बाजुराको हिमाली गाउँपालिका ७ की १६ बर्षिय बिपना लुहारको उपचारमा आर्थिक अभाब भएको छ । राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी बिपनाको बिहिवार खुट्टाको अप्रेशन गर्ने मिति दिएको भएपनि आर्थिक अभाबमा उपचारमा समस्या भएको आफन्तले वताएका छन् । बिपना आर्थिक अभाबमा राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ४ सय २६ मा उपचार गराइरहेकि छन् ।
बिपनाको परीवारले उपचारका लागि समस्या भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन । जसी लुवारकी छोरी विपना लुहार जेठ तीन गते गाँउ नजिक घाँस काट्ने बेला भिरबाट लडेर घाइते भएकि थिईन् । बिपनालाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने अबस्था भएपछि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा रिफर गरिएको थियो ।
बिपनाको परिवार आर्थिक अबस्था निकै कमजोर रहेको छ । सम्पत्तिका नाममा घर समेत नभएका बिपनाका परिवारले उपचार गर्न समस्या भएको वताएका छन् । बिपनाका परिवा हलिया परिवार हुन्, अरुको हलो जोतेर काम गरेर परिवार पाल्ने गरेका छौ, बहिनिको उपचारमा निकै समस्या भएको भाई गणेश लुहारले वताएका छन् । उनले उपचार गर्नका लागि स्थानिय सरकार, अन्य सरकारी तथा गैर सरकारी संघ संस्थालाई समेत आग्रह गरेका हुन ।
बिपना गाँउ नजिकै गुइपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट लडेपछि एउटा खुट्टा भाँचिनुका साथै शरिरमा गम्भीर चोट लागेको थियो । उनि भारति कौशाडि माबिमा १० मा अध्यनरत रहेकी छन् । भिरबाट विपना लडेपछि गाडी रिर्जव गरेर काठमाण्डौ पु¥याएको हाल उपचार गर्ने पैसा अभावका कारण उपचारमा निकै समस्या रहेको गणेश लुहारले वताए ।

चर्चामा

सम्बन्धित समाचार