शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • जहाँ चिकित्सक जान मान्दैनन, त्यहाँ सेवा गर्दै डा. राजु (फोटो फिचर)

जहाँ चिकित्सक जान मान्दैनन, त्यहाँ सेवा गर्दै डा. राजु (फोटो फिचर)

  • आइतवार, जेष्ठ ११, २०७७
जहाँ चिकित्सक जान मान्दैनन, त्यहाँ सेवा गर्दै डा. राजु (फोटो फिचर)

लक्ष्मिराज पाध्याय–बाजुरा जिल्लाको पुर्बित्तर क्षेत्रको कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा नौ महिना सम्म पनि कोही चिकित्सले जान मानेन्न । अर्को तिन तहको सरकारले पनि नौ महिना सम्म चिकित्सक ब्यबस्थापन गर्न सकेन् । चिकित्सकका लागि त्यहाँ बासिन्दाले केन्द्र सम्म हारगुहार गरे त केही ब्यबस्थापन गर्न सकेन् ।
अन्तमा नौ महिना पछि बल्ल कोल्टिले चिकित्सक पायो । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. राजुराज जैशी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गएपछि नौ महिना पछि बल्ल चिकित्सक पाएको हो । डा. राजु जब कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे, उनले बिरामीको उपचारमा मात्र नभई स्वास्थ्य केन्द्रको ब्यबस्थापन समेतमा लागे । पहिला भन्दा अहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवामा निकै गुणस्तर बढेको छ । कोल्टिलाई राजु जस्तै चिकित्सकको खाँचो छ, नागरिक अगुवा प्रदिपराज जैशीले वताए ।


राजु मन्त्रालयको करार चिकित्सक भएपनि उनले दुर्गममा सेवा गर्ने १ बर्ष समय पुगिसकेको भएपनि उनि मार्तडी भन्दा दुर्गम कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा दिइरहेको छन् । नियुक्ति हुँदा १ बर्ष सुगम र १ बर्ष दुर्गम अनिवार्य काम गर्नु पर्ने हो तर आफुले दुर्गममा १ बर्ष काम गरिसकेको थियो, तर पनि दुर्गमै अर्को बर्ष सम्म सेवा गर्ने डा. राजु भन्छन् । शहरबजारमा चिकित्सकको पहुँच हुन्छ, यहाँ हुदैन्, सेवा भनेको त दुर्गममै गनु राम्रो रहेको बताउछन् ।


पोष्टमार्टम सम्मका लागि शब जिल्ला अस्पताल बाजुरा पठाउनु पर्ने बाध्यता रहदै आएको थियो । डा. राजुराज जैशी कोल्टी पुगेपछि शब पोष्टमार्टम देखी लिएर स्वास्थ्य केन्द्रले दिने सेवा पाइरहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले बडिमालिका खबरलाई बताएका छन् । चिकित्स नहुँदा सामान्य केश पनि रिफर हुने गरेका थिए, अहिले भने स्वास्थ्य केन्द्रमा नै सेवा पाइरहेका छन्, । डा. राजुमा त्यस्तो कुनै घमण्ड पनि छैन्, सधै बिरामीको सेवामा लागि रहेको भण्डारी बताँउछन् ।


फेज नेपाल नामक गैरसकारी संस्थामा कार्यरत स्टाफ नर्स मुना देबकोटा भन्छन्, डा. राजुराज जैशी आएपछि स्वास्थ्य केन्द्रको सेवामा परिवर्तन आएको बताएकि छन् । रिफर गर्नुपर्ने बिरामी पनि सकेसम्म ब्यबस्थापन गर्ने गरेका छन्, बिरामी चेकजाँचमा रातदिन नभनि सेवामा लाग्ने गरेको देबकोटाले वताएकि छन् । स्वास्थ्यकर्मी सँग समन्वय पनि राम्रो रहेको उनि बताँउछन् ।


बुढीनन्दा नगरपालिका अन्र्तगत रहेको उक्त सवास्थ्य केन्द्रमा कार्यरत डा.गणेश चोधरी समायोजन भएर गए पछि नौ महिना पछि बल्ल राजुराज जैशी स्वास्थ्य केन्द्रमा पुगेका थिए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुरा जिल्लाका चार वटा स्थानिय तह बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका, छिमेकी जिल्ला हुम्ला र मुगुका बिरामीहरु आउँने गर्दछन् । कोल्टी क्षेत्रका जनताले चिकित्सकीय सेवा लिन पाएका थिएनन्, भने उनिहरु सदरमुकाम मार्तडी वा धनगढी नेपालगंजमा गएर सामान्य बिरामका लागि समेत ठुलो रकम खर्चिनु पर्ने बाध्यता रहेको थियो, अहिले भने सेवा पाइरहेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार