शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • फेरी बाजुराका ३० जना झुलाघाट नाकामा पुगे

फेरी बाजुराका ३० जना झुलाघाट नाकामा पुगे

  • शनिबार, जेष्ठ १०, २०७७
फेरी बाजुराका ३० जना झुलाघाट नाकामा  पुगे
फाइल तस्बिर

फेरी बाजुराका ३० जना सहित सीमानामा पुगेका छन् । बाजुराका ३० जना लगायत झुलाघाटबाट ३७८ को उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो । उद्धार गरिनेमा बाजुराका ३० जना, बैतडीका १६२, बझाङका १००, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक रहेका छन् ।

सीमा नाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो । सीमा नाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । यसअघि गत वैशाख १८ गते पनि झुलाघाट नाकाबाट नेपालीको उद्धार गरिएको थियो ।

यसैबीच सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो ।

दश दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेर किरिया गरिरहेका चार जनाले आज मात्रै स्वदेश फर्कन पाएका छन् । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार