शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा ९० यात्रु बोकेको विमान दुर्घटना

पाकिस्तानमा ९० यात्रु बोकेको विमान दुर्घटना

  • शनिबार, जेष्ठ १०, २०७७
पाकिस्तानमा ९० यात्रु बोकेको विमान दुर्घटना

पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो।

पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्। उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए। अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर)ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार