बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • कार्यालय प्रमुखले बाजुरामा काँग्रेसकाे राजनिति गरेकाे भन्दै कार्यवाहिकाे माग गर्दै प्रजिअलाइ उजुरी

कार्यालय प्रमुखले बाजुरामा काँग्रेसकाे राजनिति गरेकाे भन्दै कार्यवाहिकाे माग गर्दै प्रजिअलाइ उजुरी

  • आइतवार, जेष्ठ ४, २०७७
कार्यालय प्रमुखले बाजुरामा काँग्रेसकाे राजनिति गरेकाे भन्दै  कार्यवाहिकाे माग गर्दै प्रजिअलाइ उजुरी

जिल्लामा केही सरकारी कार्यलका प्रमुखले काँग्रेस पाटिका राजनितिक गरेकाे भन्दैअनेरास्ववियू र राष्ट्रिय युवा संघ बाजुराले प्रमुख जिल्ला अधिकारी गगा प्रसाद न्याैपानेलाइ ज्ञापन पत्र बुझाएका छन् ।  बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारी यज्ञराज अर्याल, स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्त र राष्ट्रीय अनुसन्धान अधिकृत माेहन आचार्य विरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् ।

कोरोना संक्रमणका विरुद्ध लडिरहनु परेको बेला राज्यको सुविधा उपयोग गरेर राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्ने गरेको र पार्टी परिवर्तन गराउने कार्यमा समेत संलग्न हुने गरेको तथ्य भेटिएकोले तत्काल छानवीन सहीत कारवाहीका लागि माग गरिएको राष्ट्रिय युवा संघ बाजुराका संयोजक सन्तोष विकले बताएका छन् । जनताको सेवक हुनु पर्नेमा प्रत्यक्ष राजनीति आस्थालाई मात्र प्रश्रय दिने भ्रष्ट कर्मचारीहरुलाई अविलम्ब कारवाहीको माग सहीत प्रमुख जिल्ला अधिकारीलाई उजुरी पत्र बुझाएको अनेरास्ववियुका संयोजक राजीव रोकायाले बताएका छन् ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं जिल्ला समन्वय अधिकारी यज्ञराज अर्यालले नगरपालिकामा अमिन पदमा कार्यरत कर्मचारी तेज बडुवाललाई बन्दाबन्दीको अवस्थामा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे मात्र म्याद थप गर्न सकिने अन्यथा नसकिने भनि नोकरीबाट हटाईएको र पुनः नेपाली काँग्रेस पार्टीमा प्रवेश गराई नोकरीमा नियमित गराउने आश्वासन दिएको तथ्य बाहिरिएकोले तत्काल कारवाही गर्न माग गरेका छन् ।

यस्तै बडिमालिका नगरपालिकामा लोक सेवा आयोगबाट नियुक्त भई आएका कम्युटर अप्रेटर बाँचमल थापालाई जवरजस्ती नेपाली काँग्रेस पार्टीको कृयाशिल सदस्यता लिन बाध्य गराई पार्टी प्रवेश गराएको, लकडाउनको समयमा अनुगमनको नाममा जिल्लाबाट जम्बो टोली लिएर गाउँगाउँमा नेकपा पार्टीका विरुद्धमा जनस्तरमा गतिबिधि सञ्चालन गरेको र मापदण्ड विपरित राहत वितरण गरिएकोले छानवीन सहीत कारवाही गर्न माग गरेका छन् ।

यस्तै नियमित रुपमा नेपाली काँग्रेसका नेता तथा जनप्रतिनिधिहरुसँग सम्बन्ध गर्ने र आफ्नो परिभाषित जिम्मेवारी पुरा नगरी नेकपा विरुद्ध सूचना पुर्याउने र गतिविधी सञ्चालन गर्ने, तथा सुरक्षा संयन्त्रका गोप्य सूचना समेत बाहिर ल्याउने गरेको पाईएकोले कारवाही गर्न माग गरेका छन् । शान्ति सुरक्षा आँच आउने जस्ता गतिबिधिहरु हँुदा समेत बेखबर बन्ने र वनभोज तथा पार्टीका कार्यक्रममा सहभागी हुने गरेको तथ्य समेत भएकोले कारवाहीको माग गरेका छन् । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृतले स्वास्थ्य सामाग्री खरिदमा एकलौटि र राजनीतिक आस्थाका आधारमा गर्ने गरेको, सरुवा भइसकेका रामचन्द्र यादवलाई संरक्षण गरेको र कार्यालयमा नआएको र काम नगरेको अवस्थामा पनि हाजिरी लगाउन दिएको आरोप लागेको छ ।

कार्यालयमै कार्यरत केशवराज भट्टलाई राजनीतिक आस्थाका आधारमा कार्यालय भित्र साँघातिक आक्रमण गर्नुका साथै विनाकारण स्पष्टीकरण सोधेको र मनोवल कमजोर बनाउने काम गरेको, नेकपा सुदूर पश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई कपोकल्पीत आरोप लगाइ जिल्ला स्वास्थ्य कार्यालय बाजुराको जग्गा मिचेको भन्ने अपवाह फलाउँदै हिँडेको र क्वारेन्टाइनमा मापदण्ड विपरित सामाग्री हस्तान्त्रण गरेकोले कारवाहीको माग गरेको छ ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघ बाजुराले राज्यले अति गरिब र मजदुर वर्गलाई मात्र राहत उपलब्ध गराउन जारी गरेको निर्देशिका विपरित खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका सहीतले राहत दामासाही रुपमा वितरण गर्नुको कारण छानवीन गरि कारवाही गर्न पनि माग गरेका छन् । यस्तै राहत खरिद प्रक्रियामा देखिएको अमियमितता बारे छानवीन गरिनु पर्ने र खरिद मापदण्ड विपरित गरिएको देखिए कारवाही गरिनु पर्ने, म्याद नाघेका खाद्य वस्तु बरामत गर्दा समेत जलाउने काम मात्र गरिएकोले थप छानवीन गरी कारवाही गरिनु पर्ने माग गरेको छ । खप्तड छेडेदह गाउँ कार्यपालिकाको बैठकले ३ हजारका दरले राहत वितरण गर्ने निर्णय गरेपनि १ हजार घटाएर मात्र विद्यार्थीलाई राहत दिएकोले तत्काल छानवीन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउनु पर्ने, त्रिशक्ती मावि क्वारेन्टाइनमा बस्नेहरुका लागि खानामा प्रयोग भएको कुहीएको चामलको गुणस्तर मापनमा भईरहेको ढिलाई प्रति सचेत गराउँदै कुहिएको चामल विक्री गर्ने व्यापारीलाई कारवाही गरिनु पर्ने माग गरेको छ ।

लकडाउनको नियम विपरित नारा जुलुस जस्ता गतिविधी गर्दा पनि प्रदर्शनमा संलग्नलाई कारवाही नगरिएको प्रति ध्यानाकर्षण गरिएको छ । अनेरास्ववियूका संयोजक राजीव रोकाया र राष्ट्रिय युवा संघ बाजुराका संयोजक सन्तोष विकले हस्ताक्षर गरिएको पत्रमा आवश्यक छानवीन सहीत कारवाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार