शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुरामा थप भेटिए कालाजारको बिरामी

बाजुरामा थप भेटिए कालाजारको बिरामी

  • शुक्रबार, जेष्ठ २, २०७७
बाजुरामा थप भेटिए कालाजारको बिरामी

लक्ष्मिराज पाध्याय/बाजुरा २ जेठ
बाजुरामा थप कालाजारको बिरामी भेटिएको छ । स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेमा देखिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले वताएका छन् ।
उपचारका लागि कोल्टि ल्याइएका योगेसलाई प्रयोगशाला परिक्षण बाट कालाजार भेटिएको बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहिले वताएका छन् । सोहि क्षेत्रमा केही दिन पहिला मात्र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको थियो । १ महिना देखी गाँउमा धामि झाक्रिकोमा लगिरहेको सञ्चो नभएपछि मात्र अस्पताल ल्याएको थियो ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार छैन् । कालाजारको उपचार धनगढी, नेपालगञ्ज, सुर्खेत लिनु पर्ने डा. राजुराज जैशीले वताएका छन् । यो कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको जैशीले वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउ पालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाहि र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार