बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नेकपा बुढीनन्दा कमिटिले गाउँमा स्वयम सेवी स्वास्थ्य कर्मी खटायो

नेकपा बुढीनन्दा कमिटिले गाउँमा स्वयम सेवी स्वास्थ्य कर्मी खटायो

घरघरमा पुगेर स्वास्थ्य चेकजाँच गरिदैं

  • शुक्रबार, बैशाख २६, २०७७
नेकपा बुढीनन्दा कमिटिले गाउँमा स्वयम सेवी स्वास्थ्य कर्मी खटायो

नेकपा बुढीनन्दा नगर कमिटीले स्वास्थ्यकर्मि घर घरमा पठाएकाे छ । नगरपालिका भित्र स्वास्थ्य कर्मी पुगेर स्वास्थ्य चेकजाँच सुरु गरेको छ । लक डाउनको समयमा स्वास्थ्य उपचार सेवा नपाएका र स्वास्थ्य संस्थामा आएर उपचार सेवा लिन नसकेका वृद्धवृद्धाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा सुरु गरेको हो ।

स्वास्थ्य कर्मीको टोली सहीत औषधी बोकेर नगर क्षेत्रका प्रत्येक टोलमा पुग्ने र उपचार तथा चेकजाँच सुविधा उपलब्ध गराउने गरि सेवा सञ्चालन गरिएको नगर कमिटी अध्यक्ष जंगवीर रोकायाले बताएका छन् । नगर कमिटीको कार्यालय सदस्यको बैठकले उक्त निर्णय गरेको थियो । कार्यालय समितिको निर्णय अनुसार नै पाँच जना स्वास्थ्य कर्मीले बुढीनन्दा नगरपालिका ८ नम्बर वडाबाट सेवा सुरु गरेका छन् । अति विपन्न तथा हिँडेर स्वास्थ्य संस्था पुग्न नसकेका व्यक्तिहरुलाई लक्षित गरेर स्वास्थ्य सेवा घरमै उपलब्ध गराउने लक्ष्य सहीत टोली १० वटै वडामा पुग्ने भएको छ ।

टोलीले २ दिनमा २ सय १० जनाको स्वास्थ्य चेकजाँच तथा उपचार सेवा प्रदान गरेको छ । हालसम्म ८ नम्बर वडाको हसाली, लमालवाडा, पानीपाटा र तीनदुवाला, ७ नम्बर डाको गेडागाउँ, कालागाढ, जेठारीवाडा, ४ नम्बर वडाको छातीकोट बस्तीमा पुगेर सेवा दिइसकेको टोलीमा सहभागि अनेरास्ववियुका नेता इन्द्र बोहराले बताएका छन् ।

 

टोलीमा २ जना हेल्थ असिष्टेन्ट, १ जना सिएमए र २ जना अनमी खटिएका छन् । उपचारतथा चेक जाँच गरिएका विरामीमा दम, ग्यास्टाइटिक्स, खोकी, टाउको दुख्ने जस्ता समस्या देखिएका छन् । उनीहरुलाई मात्रा पुग्ने गरी औषधी समेत दिएको टोलीमा खटिएका हेल्थ असिष्टेन्ट चिरञ्जीवी सिंहले बताएका छन् ।

स्वमय सेवक भूमिकामा खटिएका स्वास्थ्य कर्मीको टोलीमा हेल्थ असिष्टेन्ट चिरञ्जीवी सिंह, दिलबहादुर बोहरा, अनमी जुलफी सिंह, सिएमए कमल विक पीर थापा भोटे सहीत रहेका छन् । नेकपा जिल्ला कमिटी कार्यालय सदस्य जनक कुमार बोहरा, नगर कमिटी अध्यक्ष जंगवीर रोकाया, सचिव हिक्मत वड, कार्यालय सदस्य तुलाराज मल्ल, शुक्रवीर कँडारा अनेरास्ववियु जिल्ला कमिटी सदस्य इन्द बोहरा युवा विष्णु कार्की स्वास्थ्य कर्मी लगायत छन् ।

 स्वास्थ्य स्वयम सेवक मार्फत उपचार तथा चेकजाँच सेवा उपलब्ध गराउने र औषधी व्यवस्थापन गर्नमा नेकपा जिल्ला कमिटी कार्यालय सदस्य जनक कुमार बोहराले बिशेष पहल गरेका हुन् । औषधी निजी मेडिकल, फार्मेसी कम्पनी र गैर सरकारी संस्थासँगको सहकार्यमा संकलन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार