बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • भलिबल
  • कोरोनाले २ लाख ६४ हजार १३३ जनाको मृत्यु

कोरोनाले २ लाख ६४ हजार १३३ जनाको मृत्यु

  • बिहिबार, बैशाख २५, २०७७
कोरोनाले २ लाख ६४ हजार १३३ जनाको मृत्यु

विश्वका २१५ देशमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २०० को ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७ तथा फ्रान्समा २५ हजार ८०९ को कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

हालसम्म ३८ लाख १२ हजार भन्दा धेरैमा संक्रमण हुँदा १२ लाख ९२ हजार ११७ जना उपचार पछि निको भइसकेका छन् । २२ लाख ५६ हजार ६६२ उपचाररत छन् । जसमध्ये ४८ हजार २०१ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार