सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा १ हजार २१८ कोरोना संक्रमितको मृत्यु

भारतमा १ हजार २१८ कोरोना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख २०, २०७७
भारतमा १ हजार २१८ कोरोना संक्रमितको मृत्यु

 भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् । भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ । भारतमा यो लकडाउनको तेस्रो चरण हो ।
हटस्पोट, रेड जोन, अरेन्ज जोन र ग्रिन जोन गरेर देशलाई बाँडिएको छ । ग्रिन जोनमा रहेका जनताले लकडाउनमा सबैभन्दा धेरै छुट पाउने छन् । हटस्पोट जोनमा रहेका जनताले कुनै पनि छुट पाउने छैनन् । एरेन्ज जोनमा रहेका जनताले केही छुट पाउने छन् । एउटा राज्यबाट अर्को राज्यमा जान मजदूलाई रेलको व्यवस्था गरिएको छ । फसेका मजदूरलाई उद्दार गर्ने रेललाई श्रमिक ट्रेन नाम दिइएको छ । मे १ मा ६ वटा ट्रेन छुटेका थिए । भारतीय सेनाले विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन सहयोग गर्न आफ्नो संगठन तयार रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार