आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वुहानका अस्पतालबाट कोरोनाका विरामी सकिएको चीनको घोषणा

वुहानका अस्पतालबाट कोरोनाका विरामी सकिएको चीनको घोषणा

  • बुधबार, बैशाख १७, २०७७
वुहानका अस्पतालबाट कोरोनाका विरामी सकिएको चीनको घोषणा

कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ।

सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए। गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो।

यसैगरी वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए। उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ।

भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो।

चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ।

चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ। स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ।

यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन्। शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ। यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन्। त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ।

आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ। ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई ‘असभ्य’ व्यवहार गर्नबाट रोक्न लक्षित छ।

ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ। यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ। यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ।

शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ। जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ।

चर्चामा

सम्बन्धित समाचार