• होमपेज
  • बुढिनन्दा
  • डा. राजु भन्छन्, म कोल्टी जादैछु कसैको दवाव नभई जनताको सेवाका लागि जान्छु ( भिडियाे सहित )

डा. राजु भन्छन्, म कोल्टी जादैछु कसैको दवाव नभई जनताको सेवाका लागि जान्छु ( भिडियाे सहित )

  • शनिबार, बैशाख १३, २०७७
डा. राजु भन्छन्, म कोल्टी जादैछु कसैको दवाव नभई जनताको सेवाका लागि जान्छु ( भिडियाे सहित )

 बाजुरा १३ बैशाख — जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. राजु राज जैशीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाने बताएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफु कसैको दवाव वा कार्यवाहीको डर नभइ जनताको सेवाका लागि जाने जैशीले बडिमालिका खबर सँग बताएका छन् ।

डा. राजुराज जैशीलाई शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले बैशाख ६ गते २४ घण्टा भित्र जान पत्रचार गरेको थियो । तर राजु भने कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा गएनन् । डा. राजु भन्छन्, आफु कोल्टि जान तयार रहेको केही दिनमा जान लागेको बताएका छन् ।

आफुलाइ पत्रचार गर्दा २४ घण्टा भित्र पुग्न पत्र आएपछि आफु जान अटेर गरेको बताउँछन् । उनि भन्छन् मलाइ जानु परयो भने त म सिधै जाने नै थिए, कुनै समन्वय विना कार्यवाहि सरह पत्र पठाएको बताउँछन् । पछिल्लो समयमा केही सञ्चारमाध्यममा आफ्नो आलोचना भइरहेको प्रति दुख ब्यक्त गर्दै भने म नजान चाँहेको हैन् । मैले नजाने भनेको हैन्, म जनताको सेवाको लागि जहिले नि तयार छु, तर आफु माथि गरिएको ब्यवहारले मात्र नजान खोजेको हो जैशीले वताए ।

कोल्टL प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा पनि ३ महिना बसेर सेवा गर्ने वाताबरण राम्रो मिल्यो भने बढि पनि बस्ने डा. जैशीले वताएका छन् । कोल्टिमा गएर कोभिड १९ रोकथाम र जनताको सेवामा लाग्ने बताए । स्थानिय सरकार, स्वास्थ्यकर्मी सँग समन्वय गरेर अघि बढेन बताएका छन् ।

https://www.youtube.com/watch?v=wpJ8T_jH1HI

चर्चामा

सम्बन्धित समाचार