• होमपेज
  • समाज
  • हलियाको भान्सामा खाना पाक्ने भयो

हलियाको भान्सामा खाना पाक्ने भयो

  • शुक्रबार, बैशाख १२, २०७७
हलियाको भान्सामा खाना पाक्ने भयो

निमेन्द्र शाही/ बाजुरा १२ बैशाख–  बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकका केहि हलिया परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ । बाजुराका पत्रकार निमेन्द्र शाहीले समाचार लेखे बाजुराका मुक्त हलिया भन्छन् “चुलो बल्न छोड्यो सरकार” समाचार पढे पछि अमेरीकामा रहेको भक्त बि.बि हेल्पीङ ह्यान्डस फर ह्युम्यानिटी संस्था हेल्पीङ ह्यान्डस फर ह्युम्यानिटी संस्था संग आवद्ध ब्यक्तिहरुको समूहले उक्त हलिया परिवारका लागि पठाएको राहत आज वितरण गरिएको हो ।

कोरोना भाइरसका कारण देशभर लक डाउनको स्थिति आउदा हलिया परिवार समस्यामा परेको विषयवारे संञ्जार माद्याममा समाचार प्रकाशन भए पछि अमेरिकामा रहेको सो समूहले राहत उपलब्ध गराएको हो ।

अति विपन्न अवस्थामा रहेका बुढीनन्दा एकका बजिरे चदारा, जना ल्वार, धनि ल्वार, रंगि ल्वार, चन्दे ल्वार, मरु दमाई र मनदेवी हमाललाई प्रति परिवार ३० केजि चामल, साढे तीन केजि दाल, १ किलो चिनी, एक प्याकेट तेल, एक केजि स्वायमिन, सलाई र चियापत्ति लगायतका सामग्री सहयोग स्वरुप उपलब्ध गराइएको हो ।

बुढीनन्दा नगरपालिका वडा नं एकका वडाध्यक्ष नृपराज खत्रीको उपस्थिति र नागरिक सेवा सरोकार मन्चको समन्वयमा सो राहत सामग्री हस्तान्तरण गरिएको नागरिक सेवा सरोकार मन्च बाजुराका संयोजक जनेश भण्डारीले जानकारी दिनुभएको छ । बुढीनन्दा नगरपालिका वडा नं एकका अध्यक्ष खत्रीले राहत सामग्री सम्वन्धीत ब्यक्तिलाई हस्तान्तरण गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार