शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको उपचारमा आर्थिक अभाब

रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको उपचारमा आर्थिक अभाब

  • शुक्रबार, बैशाख १२, २०७७
रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको उपचारमा आर्थिक अभाब

घाँस काट्दा रुख बाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको उपचारमा आर्थिक समस्या भएको छ । बडिमालिका नगरपालिका ८ बस्ने ३५ बर्षिय धनमति रावल बिहिवार घासँ काट्दा रुख बाट लडेर मेरुदण्ड भाच्चिएको थियो । अहिले उनको उपचारमा आर्थिक समस्या भएको छ ।
उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकि धनमति रावललाई काठमाडौ रिफर गरेको भएपनि आर्थिक समस्या भएको श्रीमान शेर बहादुर रावलले वताएका छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार ति महिलाको मेरुदण्ड भाच्चिएकोले अस्पतालमा उपचार हुन नसक्ने बताएका छन् । उनलाई थप उपचारका लागि काठमाडौ लग्नु पर्ने बिकले वताएका छन् ।
धनमति परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्नमा समस्या भएको छ । अस्पतालले रिफर गरेको भएपनि काठमाडौ लग्न समस्या भएको वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् । एम्बुलेन्स वा हेलिकेप्टर बाट काठमाडौ पठाउने पहल भइरहेको रावलले वताए, तर काठमाडौ पुयाएपनि त्यहाँ उपचार गर्न उनिहरुको आर्थिक अभाब भएको वताएका छन् । उनलाई उद्धारको लागि हेलिकप्टरको पहल गृह मन्त्रालयमा भइरहेको छ, हेलिकप्टरको सम्भाबना नभएपछि एम्बुलेन्स बाट पठाउने तयारी भइरहेको अध्यक्ष रावलले वताए । एम्बुलेन्सको भाडा नगरपालिकाले तिर्ने पहल भइरहेको छ ।
धनमतिका श्रीमान शेर बहादुर रावलले भने मेरुदण्ड भाच्चिएर हलचल गर्न नसक्ने अबस्थामा चिकित्सले काठमाडौ उपचार गर्न भनेको छ, तर आर्थिक अबस्था निकै कमजोर रहेको उनले वताएका छन् । उनले श्रीमतिको उपचारका लागि सहयोगका लागि पहल गरिदिन आग्रह समेत गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार