आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु?

कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु?

  • मङ्लबार, बैशाख ९, २०७७
कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु?

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६७ हजार नाघेको छ।

नेपाली समय अनुसार  सोमबार राती साढे बजेसम्म १लाख ६७ हजार ३ सय ६९ जनाको मृत्यु भइसकेको तथ्यांक छ।

जोन्स हप्किन्स युनिभरर्सिटीको तथ्यांक अनुसार २४ लाख ३५ हजार ८ सय ७६ जना मानिस संक्रमित भएको तथ्यांक छ।

अमेरिकामा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख ६० हजार २ सय ४५ पुगेको छ। त्यस्तै स्पेनमा संक्रमित हुनेको संख्या २ लाख २ सय १० पुगेको छ। नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

संसारभर ६ लाख ३९ हजार २ सय ३९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा सबै भन्दा बढी मानिस निको भएर घर फर्किसको छन्। जर्मनीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय पुगेको छ। त्यस्तै स्पेनमा ८० हजार ५ सय ८५ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। अमेरिकामा ७१ हजार ११ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपालमा निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।

मृत्यु हुनेको संख्या कुन देशमा कति 
अमेरिकामा ४० हजार ७ सय ४३ जनाको मृत्यु भएको छ।

स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ।

फ्रान्समा  १९ हजार ७ सय १८ जनाको मृत्यु भइसकको छ।

युकेमा मृत्यु हुनेको संख्या  १६ हजार ६० पुगेको छ।

बेल्जीयममा मृत्यु हुनेको संख्या ५ हजार ८ सय २८ पुगेको छ।

इरानमा ५ हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ ।

जर्मनीमा मृत्यु हुने संख्या ४ हजार ६ सय ४२ पुगेको छ। चीनमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय १२ पुगेको छ।

नेदरल्याण्डमा मृत्यु हुनेको संख्या ३ हजार ७ सय ५१ पुगेको छ ।

ब्राजिलमा २ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ।

टर्कीमा  २ हजार १७ जनाको मृत्यु भएको छ।

स्विडेनमा  १ हजार ५ सय ८० जनाको मृत्यु भएको छ।

स्विजरल्याण्डमा  १ हजार ४ सय ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य खबरपत्रिका बाट

चर्चामा

सम्बन्धित समाचार