बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रवास
  • कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु

१ हजार २ सय बढी संक्रमित

  • आइतवार, बैशाख ७, २०७७
कोरोनाबाट विश्वभर २८  नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली एनआरएनएको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघले गठन गरेको कोविडा १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको मृत्यु भएको हो ।

नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, बेलायत २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्चुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२ जना छन् । त्यस्तै साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, र हङकङमा एक जनामा संक्रमण देखिएको छ ।

विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर तथ्यांक संकलन गरिएको एनआरएनएले जनाएको छ । २० भन्दा बढी मुलुकका १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार