शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • कोरोना संक्रमित गर्भवती नर्सको मृत्यु

कोरोना संक्रमित गर्भवती नर्सको मृत्यु

  • शुक्रबार, बैशाख ५, २०७७
कोरोना संक्रमित गर्भवती नर्सको मृत्यु

एजेन्सी —  कोरोना महामारीको सबैभन्दा अघि (फ्रन्टलाइन) र खतरामा यसबेला डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरु देखिएका छन् । विश्वभर कयौं डाक्टर र नर्सहरु यो महामारीबाट प्रभावित भैरहेका छन् । सयौंको ज्यान गएको छ भने हज्जारौं संक्रमित भएका छन् । यही सिलसिलामा बेलायतको एक अस्पतालबाट एउटा दुःखद खबर बाहिर आएको छ । त्यहाँ एक गर्भवती नर्सको कोरोना संक्रमण पोजेटिभ देखिएको केही दिनमै मृत्यु भएको छ । उनको मृत्यु त भयो तर उनले सकुशल आफ्नो (बालिका) शिशुलाई जन्म दिएकी छिन् ।

बच्चाको अवस्था भने अहिले ठिक रहेको त्यहाँका चिकित्सकहरुले जानकारी दिएका छन् । लण्डनको उत्तरी क्षेत्रस्थित ल्युटन एण्ड डन्स्टेबल विश्वविद्यालय अस्पतालको जनरल वार्डमा काम गर्ने २८ वर्षीया मेरी अगिभा अग्यपोङको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मृत्यु हुनुभन्दा केही घण्टाअघि उनले बालिकालाई जन्म दिएकी छिन् । यद्यपि, बालिकालाई भने कोरोना संक्रमण भएको छ कि छैन भन्ने अहिले पुष्टि भइसकेको छैन ।

चिकित्सकहरुले बालकको स्वास्थ्य परीक्षण गरेपछि मात्र रिपोर्ट आउने बताएका छन् । बेडफोर्डशायर एण्ड एनएचएस फाउन्डेशन ट्रष्टका अनुसार ५ अप्रिलमा नर्सलाई कोरोना पोजेटिभ देखिएको थियो । ७ अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको थियो । ट्रष्टका कार्यकारी निर्देशक डेविड कार्टरले भने, ‘मलाई निकै दुःख लागेको छ, हाम्रो अस्पतालमा काम गर्ने एक असल नर्सको आइतबार मृत्यु भएको छ । उहाँले यहाँ ५ वर्ष काम गर्नुएको छ र उहाँ हाम्रो टिमकी एक असल र प्रिय सदस्य हुनुहुन्थ्यो । यस दुःखको घडीमा उहाँप्रति श्रद्दाञ्जली दिँदै उहाँको परिवारप्रति समवेदना प्रकट गर्दछु ।’

अहिले बेलायत यस्तो अवस्थाबाट गुज्रिरहेको छ कि त्यहाँ स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न समेत गाह्रो भैरहेको छ । यही बीच बेलायतमा १०६ वर्षीया महिला कोनी टिटचेनले भने कोरोना संक्रमणको लडाई जितेकी छिन् । उनलालई बेलायतमा अहिले कोराना भाइरसलाई जित्न सफल सबैभन्दा बढी उमेरको बिरामीको रुपमा लिइएको छ । मध्य इङल्यान्डको बर्मिघम अस्पतालका एक चिकित्सकले भने, ‘करिब ३ हप्तासम्म बिरामी भएकी उनले कोरोना संक्रमणको लडाई जितेकी छिन् ।’ अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ भने १ लाख ४२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायतमा मात्र १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । –जागरण डट कमबाट

चर्चामा

सम्बन्धित समाचार