बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकाले COVID-19 नियन्त्रण गर्ने खटिने कर्मचारीकाे १० लाखकाे विमा गर्ने

हिमाली गाउँपालिकाले COVID-19 नियन्त्रण गर्ने खटिने कर्मचारीकाे १० लाखकाे विमा गर्ने

  • बिहिबार, बैशाख ४, २०७७
हिमाली गाउँपालिकाले COVID-19 नियन्त्रण गर्ने खटिने कर्मचारीकाे १० लाखकाे विमा गर्ने

बाजुराको हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस अर्थात (COVID-19) नियन्त्रण गर्ने कार्यमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाखको विमा गर्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताएका छन् । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद व्यवस्थापन तथा नोबेल कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिमा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवी बुढा लगाएत ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको कुरा गाउँपालिका कार्यालय नि.प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताउनु भयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी भने गाँउपालिकाले बिमाकाे ब्यबस्थापन गर्दा कर्मचारिकाे मनाेबल बढेकाे बताएका छन् । विश्व महामारीकारुमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) विरुद्धको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी साथै पदाधिकारीहरुको मनोबल बढाउन तथा रोगलाई गाउँपालिका क्षेत्रभित्र फैलिन नदिन सबै सीमानाकाहरुमा थप कडाई गर्ने एवं सबै खटिने कर्मचारीलाई सक्रिय रुपमा लागू गरी विमाको प्याकेजले ठुलो राहत पुगेकाे भण्डारीले थपे ।

चर्चामा

सम्बन्धित समाचार