• होमपेज
  • अन्तर्राष्ट्रिय
  • क्यालिफोर्नियामा लकडाउन उल्लंघन गर्दै आयोजित पार्टीमा ६ जनामाथि गोली प्रहार

क्यालिफोर्नियामा लकडाउन उल्लंघन गर्दै आयोजित पार्टीमा ६ जनामाथि गोली प्रहार

  • सोमवार, बैशाख १, २०७७
क्यालिफोर्नियामा लकडाउन उल्लंघन गर्दै आयोजित पार्टीमा ६ जनामाथि गोली प्रहार

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गर्दै आयोजना गरिएको पार्टीमा सहभागी ६ जनामाथि गोली प्रहार गरिएको छ ।

बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको आवाज सुनिएको थियो । गोली लागेर घाइते भएका चार महिला, एक पुरुष र एक बालिकाको उपचार भइरहेको छ । उनीहरु खतरामुक्त भएको जनाइएको छ ।

गोली प्रहारको घटनामा संलग्‍न कसैको पनि पहिचान हुन नसक्दा पक्राउ गरिएको छैन । तर, गोली चल्‍नेबित्तिकै चारजना कारमा भागेका थिए । उनीहरुले गोली प्रहार गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

क्यालिफोर्नियाका गर्भनर जाभिन न्युसोमले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई निर्देशन दिएका छन् । फार्मेसी, पेट्रोप पम्प र अत्यावश्यक खाद्यान्‍नका पसलहरुमात्रै खुला हुने उनले बताएका थिए ।

चार करोड जनता क्यालिफोर्नियमा ११ अप्रिलसम्म २१ हजारभन्दा बढी कोरोना संक्रमित थिए भने ६५१ जनाको मृत्यु भएको थियो ।  क्यालिफोर्नियाले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका लाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । – बीबीसी

चर्चामा

सम्बन्धित समाचार