शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाका ८६ बिपन्न रिवारलाई खाद्यन्न सहयोग

बुढिनन्दा नगरपालिकाका ८६ बिपन्न रिवारलाई खाद्यन्न सहयोग

  • आइतवार, चैत्र ३०, २०७६
बुढिनन्दा नगरपालिकाका ८६ बिपन्न रिवारलाई खाद्यन्न सहयोग

बाजुरा – कोरोना भाईरसको सम्भावित खतरालाई रोक्न तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दैनिक मजदुरी गरी खाने अति विपन्न समुदायलाई राहात वितरण गरीएको छ ।
बुढीनन्दा नगरपालिका वडा नं १ हलिया, खलिया र अति विपन्न ८६ परिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरीएको सम्पूण परियोजनाका संयोजक गोबिन्द थापाले जनाकारी दिए । गाउ टोलमै गएर अति बिपन्न परिवारको तथ्याङ्क संकलन गरि प्रति घरपरीवारलाई ३० किलो चामल, २ किलो दाल, २ किलो नुन, २ किलो चिनी, १ पोका तेल, र १ पिस सावुन वितरण सहयोग गरिएको थापाले बताए ।


दिन भरी अरुको काम गरी साझ विहान गुजारा चलाईरहेका उनीहरुलाई लकडाउनको समयमा हातमुख जोड्न समेत कठिन भैरहेको अवस्थाको मध्यनजर गर्दै पीसविनद्धारा वेल्ट हंगर हिल्फेको सहकार्यमा संचालित सम्पुर्ण परियोजना र एक्सनएड नेपालको सहकार्यमा संचालित स्थानीय अधिकार कार्यक्रम तथा आई एनएफ नेपालले खाद्यान्नका सामाग्रि वितरण गरेका स्थानीय अधिकार कार्यक्रम परियोजना अधिकृत्त पदम कठाएतले बताए । बुढीनन्दा नगरपालिका वडा न. १ का वडा अध्यक्ष नृर्प खत्रीको रोहवरमा राहात बितरण गरिएकोे थियो । कोल्टी देखी सम्बन्धित स्थानसम्म राहत ढुवानी गर्नको लागी बुढीनन्दा नगरपालिकाले ट्याक्टरको व्यवस्थागरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार