बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • कोरोना अपडेट : इटालीभन्दा अमेरिकामा मृत्यु हुनेको संख्या बढी

कोरोना अपडेट : इटालीभन्दा अमेरिकामा मृत्यु हुनेको संख्या बढी

  • आइतवार, चैत्र ३०, २०७६
कोरोना अपडेट : इटालीभन्दा अमेरिकामा मृत्यु हुनेको संख्या बढी

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेकाे संख्या अमेरिकामा सबैभन्दा बढी पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या इटालीमाभन्दा पनि बढी पुगेको छ।

शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणले १८ हजार ८ सय ८१ जनाको ज्यान गएको छ। इटालीमा मुत्यकको संख्या १८ हजार ८ सय ४९ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसका कारण एक लाख ४ हजार ८ सय जनाको मृत्यु भएको छ।

मृत्युसँगै अमेरिका संक्रमित धेरै हुने देशमा पनि पर्छ। ९ बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा ५ लाख १ हजार ७ सय १ जना मानिस संक्रमित भएका छन्।

तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ८९ हजार नाघेको छ।

नेपाली समय अनुसार शनिबार बेलुका ९ बजेसम्म कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ८९ हजार ६ सय ५१ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १७ लाख २१ हजार ३ सय ५३ जना संक्रमित भएका छन् ।

स्पेनमा संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ५२ पुगेको छ।  इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जना संक्रमित भएका छन्।

फ्रान्समा १ लाख २५ हजार ९ सय ३१ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख २२ हजार ५ सय ३० पुगेको छ।

९ बजेसम्मको तथ्यांक अनुसार विश्वभर १ लाख ४ हजार ८ सय मानिसको कोराना भाइरका कारण मुत्यु भएको छ।

स्पेनमा मुत्यकको संख्या  १६ हजार ३ सय ५४ पुगेको छ। फ्रान्समा  १३ हजार १ सय ९७ जना मानिसको मुत्यु भइसकेको छ। युकेमा  मुत्यु हुनेको संखया  १३ हजार १ सय ९७ पुगेको छ। इरानमा ४ हजार ३ सय५७ जनाको मुत्यु भइसकेको छ। बेल्जियममा मुत्यु हुनेको संख्या ३ हजार ३ सय ४६ पुगेको छ।

सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति 
भारतमा संक्रमितको संख्या ७ हजार ९ सय ९७ पुगेको छ। २ सय ४९ जनाको मुत्यु भइसकेको छ।

पाकिस्तानमा शनिबारमात्र  ११ जनाको मुत्यु भएको  छ। यो सँगै पाकिस्तानमा मुत्यु हुनेको संख्या ७७ पुगेको छ। पाकिस्तानमा ४ हजार ९ सय ७० जना संक्रमित भएका छन्।

अफगानिस्तानमा शनिबार ३ जनाको मुत्यु भएको छ। यो सँगै अफगानिस्तानमा मृतकको संख्या १८ पुगेको छ।  ५ सय ५५  जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

बंगलादेशमा शनिबार ३ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट मुत्यु भएको छ। योसँगै मृतकको संख्या ३० पुगेको छ। ४ सय ८२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

श्रीलंकमा  १ सय ९८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ जनाको मुत्यु भएको छ।

माल्दिभ्समा अहिलेसम्म १९ जना संक्रमित भएका छन्। १३ जना मानिस उपचारपछि  निको भएर घर फर्किसकेका छन्।

नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार