बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बहराइनमा २२ नेपालीमा कोरोना संक्रमण

बहराइनमा २२ नेपालीमा कोरोना संक्रमण

  • बिहिबार, चैत्र २७, २०७६
बहराइनमा २२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं । बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बहराइन अधिराज्यमा ८ अप्रिल २०२० (२ बजेसम्म) ५२ हजार ३५१ मा कोरोना परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा रहेको छ । संक्रमणबाट निदान प्राप्त गरि डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । मृतको संख्या ५ पुगेको छ । संक्रमित हुनेमा पछिल्लोपटक थप १० जनासहित नेपाली नागरिकको संख्या २२ पुगेको छ ।”

केही समयअघि सल्माबादस्थित एक क्याम्पमा एकजना विदेशी नागरिकमा संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब चारसय जनालाई क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ रहेका १० जना नेपालीमा कोरोना देखिएको हो । साभार बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार