बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पाण्डुसैनमा आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यू

पाण्डुसैनमा आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यू

  • बिहिबार, चैत्र २७, २०७६
पाण्डुसैनमा  आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यू
फाईल फोटो

पदमबहादुर सि‌ह / बाजुरा २७ चैत्र- बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ अगाउपानि घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्त दान बहादुर रोकायाले जनकारी दिएको छ ।
हिजो दिउसो बालिका घरमा खेलीरहेको समयमा घरको गोठमा राखिएको परालमा आग्लागी हुदा बालिकोको मृत्यू भएको बुझिएको रोकायाले जानकारी दिएको छ ।
आगो स्थानिय मानिसको सहयोगमा नियन्त्रण गरिएको बताईएको छ । बुढिनन्दा प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेर घटनाको बिबरण संकलन गरिरहेकोर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरिक्षक दानबाहादुर रोकायाको कमाण्डमा टोली हिडीरहेको छ । घटना के कति कारणले भएको टोली पुगिसकेपछि बुझिने प्रहरी ले बताएको छ ।
बालिको लास पोष्टमाटमाको लागि हिजो रातिनै जिल्ला अस्पताल बाजुरामा ल्याएको बुझिएको छ । लासको आज पोष्टमाटम गरिने जिल्ला अस्पतालले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार