शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • हलिया तथा विपन्न परिवारलाई खाद्यन्न सहयोग

हलिया तथा विपन्न परिवारलाई खाद्यन्न सहयोग

  • बुधबार, चैत्र २६, २०७६
हलिया तथा विपन्न परिवारलाई खाद्यन्न सहयोग

बाजुरा २६ चैत्र- बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा न. १ केराबारी, साउनेगाउँ र थिपीचौर तथा साही नगरपालिका ६ लाटो बस्ती ११ परिवार हलिया तथा विपन्न परिवारलाई खाद्यन्न बितरण गरिएको छ ।
एक्सनएड नेपाल र पीसविनको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम द्धारा खाद्यन्न बितरण गरिएको स्थानिय अधिकार कार्यक्रम संयोजक पदम कठाएतले जानकारी दिए । लामो समयको लकडाउनका कारण दैनिक रुपमा गर्दै आएको ज्याला मजदुरी छुटे पछि खानाको समस्या भई विचल्लीमा परेको जानकारी आएपछि स्थानीय अधिकार कार्यक्रम संयोजक पदम कठायत र नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीकोद्धारा स्थलगत अध्ययन गरिएको थियो ।


स्थलगत अध्ययनका आधारमा प्राप्त भएको सुचना अनुसार राहत वितरण गरिएको कठाएतले बताए । राहत वितरण कार्यक्रमका बुढीनन्दा नगरपालिका १ का वडा अध्यक्ष नृपराज खत्री विशेष पहल रहेको उनले बताए । नगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने योजना बनाएको र सो प्रक्रियाका लागी सम्पुर्ण पालिकाको तथ्यांक संकल गर्दा चार पाँच दिन लाग्ने भएकाले तत्काल राहत गरिएको थियो ।
राहात वितरण कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष भीम कार्की वडा १ का अध्यक्ष नृपखत्री मार्फत नगरपालिकामा संमन्वय गरि राहात बितरण गरिएको बताएका छन् । प्रत्येक परिवारलाई ३० किलो चामल, १ किलोका दाल, एक एक पोका तेल र दूई वटाका सावुन वितरण गरिएको हो । राहतवितरण गरिएकामध्ये ७ परिवार हलिया र ४ परिवार विपन्न परिवारका हुन ।

चर्चामा

सम्बन्धित समाचार