शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नेकपा बुढिनन्दा नगरकमिटिले थिपुचौरका हलिया परिवारलाई खाद्यन्न सहयोग ।

नेकपा बुढिनन्दा नगरकमिटिले थिपुचौरका हलिया परिवारलाई खाद्यन्न सहयोग ।

  • बुधबार, चैत्र २६, २०७६
नेकपा बुढिनन्दा नगरकमिटिले थिपुचौरका हलिया परिवारलाई खाद्यन्न सहयोग ।

बाजुरा २६ चैत्र । नेपाल कम्यूनिष्ट पार्टि बुढिनन्दा नगर कमिटिले बुढिनन्दा नगरपालिका १ थिपुचौरका हलिया परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
दैनीक ज्यालादरी गरेर दैनीकी चलाई रहेका हलिया परिवारलाई लकडाउनले समस्या भएपछि नगरकमिटीले सहयोग गरेको नगरकमिटी अध्यक्ष जंगबीर सुनारले जानकारी दिएका छन् ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस कोभिड १९ रोकथाम तथा ब्यवस्थापनको लागि नेपाल सरकाले चैत्र ११ गते देखी देशै लकडाउन गरेको छ । लकडाउनले बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका १ थिपुचौरका क बर्गका ७ हलिया परिवारलाई प्रति परिवार ३० किलो चामल ५ किलो नून सहयोग गरेको नेकपा बुढिनन्दाले जनाएको छ ।
नेकपा बुढिनन्दा नगरकमीटीको मोवाई ओयपबाट बसेको बैठकले हलिया परिवारलाई खाद्यन्न सहयोग गर्ने निर्णय अनुरुप सहयोग गरेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार