शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • राहत प्याकेजका बिभिन्न काम गर्दैछौ : मेयर गिरी (भिडीयाे सहित )

राहत प्याकेजका बिभिन्न काम गर्दैछौ : मेयर गिरी (भिडीयाे सहित )

  • बुधबार, चैत्र २६, २०७६
राहत प्याकेजका बिभिन्न काम गर्दैछौ : मेयर गिरी (भिडीयाे सहित )

बाजुरा २६ चैत्र — बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला बुढिनन्दा नगरपालिकाले भोकमरीका कारण बाच्नका लागि राहत प्याकेजका कार्यक्रमहरु ल्याउने तयारी गरेको बुढिनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले बताएका छन् ।
गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष देखी कर्मचारी सबै लागिपरेका छन् नगरप्रमुख गिरीले बताए ।
बडिमालिका खवरको नियमित कार्यक्रम कोरोना कहरमा स्थानीयतहको भुमीका बिषायक कार्यक्रममा बुढिनन्दा नगरपालिकाका नगर प्रमुख गिरीले यस्तो बताएका हुन । जिल्ला यतिबेला लकडाउनमा रहेको छ । गाउँमा धेरै त्यस्ता परिवार रहेका छन जसमा सबै भन्दा बढि यस नगरपालिकामा हलियाहरु रहेका छन उनलाई बिषेस राहतको ब्यबस्था गर्ने नगरप्रमुख गिरीले बताए ।
राहत दिनु अगाडी हाल गाउँमा वडाअध्यक्षहरु वडा सचिवहरु तथ्याड्ढ संकलन भइरेको र केही दिनमा खान नपुग्ने दैनीक ज्यालामा काम गरि खानेहरुका लागी र हलियाहरुको लागि खाद्यन्नको ब्यबस्थापन गरिहरेको नगरप्रमुख गिरीले बताएका छन् ।
हालसम्म डाक्टर नहुदा केही स्वास्थ्य ब्यबस्थापनमा कमजोरी रहेकोले त्यसको ब्यबस्थापनमा सघिंय सरकार र प्रदेश सरकारसंग समन्वय समेत गरीरहेको छु यता दुइ पटक बिज्ञापन गर्दा पनी कोही डाक्टर आउन सकेनन् यसमा धेरै थोरै कमजोरी भएको मेयर गिरीले स्विकार गरेका छन् ।
त्यसै गरि हाल बिश्वमा कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेको बेला हाम्रो नगरपालिकामा पनी बिभन्न ठाउँमा हेल्थ डेस्क बनाएका छौ यरपोर्ट लगायत बिभन्न ठाउँमा क्वारेन्टाइन र २ ओटा ब्याडको आइसोलेशन कक्ष समेत बनाएका छौ मेयर गिरीले भने । साथै त्यस्तो भइपरी आउने समस्यालाई मध्यनजर गरी बिपतमा परेका ब्यक्तीहरुका लागी पनी केही कार्यक्रम बनाएका छौ हालसम्म त्यस्तो जोखीम नभएको मेयर गिरीले बताए ।
साथै यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न केही सघिंय सरकारले गरेको भए पनी नगरपालिकाले पनी हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरेको मेयर गिरीले बताए ।

भिडीयाे हेर्न तलकाे लिकंमा किलिक गर्न्रुहाेस 

चर्चामा

सम्बन्धित समाचार