शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाले ५० लाखको कोरोना ब्यवस्थापन तथा राहात कोष स्थापना

बुढिनन्दा नगरपालिकाले ५० लाखको कोरोना ब्यवस्थापन तथा राहात कोष स्थापना

  • मङ्लबार, चैत्र २५, २०७६
बुढिनन्दा नगरपालिकाले ५० लाखको कोरोना ब्यवस्थापन तथा राहात कोष स्थापना

पदमबहादुर सिंह / बाजुरा २५ चैत्र- बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाले ५० लाख बराबरको कोरोना रोकथम तथा राहात कोष स्थापना गरेको छ ।
नगपालिकाले आज नगरकार्यपालिकामा उपल्बध सदस्यहरुको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्यका लागि कोषको स्थापना गरेको बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले बताएका छन् ।
नोबेल कोरोनाको महामारी बिश्व ब्यापीरुपमा फैलिरहेको र नेपाल सरकारले रोकथामको लागि लकडाउन गरेको छ । लकडाउन गर्दा नगर क्षेत्र भित्रका असाय गरिव दैनीक ज्यालादारी हलिया समुदाय लगाएतको तथ्याड्ढ संकलन गर्ने र त्यसै राहात कोषबाट तथ्याड्ढको आधारमा राहात बितरण गर्ने मेयर गिरीले बताए ।
बुढीनन्दा नगरपालिकाको कुनै पनि नागरिक भोकै बस्न नदिने उनले बताए । विपन्न परिवारका लागि राहत प्याकेज ल्याएर ज्याला मजदुरी गरि खाने परिवारका लागि दैनिक जीवनयापन गर्न सजिलोका लागि राहत प्याकेज ल्याएउने नगर प्रमुखले बताए ।
नगरपालिकाका १० ओटै वडाहरुमा वडा अध्यक्ष लगाएतको टिमले तथ्याड्ढ संकलन गर्ने उनले बताए । नगरपालिका भरि ९६ जना छिमेकी मुलुक भारतबाट आएको तथ्याड्ढ छ । तिनीहरु सबैलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेर सम्झाई बुझाई होम क्वारेन्टाईनमा रहेका गिरीले बताए ।
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा दुई बेडको आईसोलेसन कक्ष बनाएको छ । यो भन्दा पहिला खालि बेड मात्र बनाएको थियो । उपकरण थिएन सबै उपकरण सहित आईसोलेसन कक्ष तयार गरीएको बताएको छ ।
प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टरको लागि नगरपालिकाले डेढ महिना पहिले नै दरखास्ता आवन गरेको कसैले नदिएको र प्रदेश सरकारलाई डाक्टर पठाईदिन बारबार समन्वय गरिरहेको र प्रदेश सरकारले नपठाएको मेयर गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार