शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काइयो

आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काइयो

  • मङ्लबार, चैत्र २५, २०७६
आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काइयो

आवतजावत बन्द गर्न अछाम र बाजुरा जोड्ने झुलङ्गे पुल भत्काएको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुरा बुढीगंगा नगरपालिका १० जोड्ने बुढीगंगा नदी माथीको झुलिङ्गे पुल भत्काईएको हो ।

सरकारले हालै लकडाउनमा कडाई गर्न एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपनि मेल्लेख गाउँपालिकाले पनि आफनो पालिकाका सिमानाका बन्द गरेको छ । सिमानाका बन्द गरीएपनि पुलमा आवत जावत गर्ने क्रम नरोकीएपछी यस्तो गरिएको हो । कैलाली कंचनपुरमा एकै दिनमा तिन जना कोरोना संक्रमीत भेटिए संगै सुदुरपश्चिम प्रदेशले पनि लकडाउनमा कडाई गर्न निदेशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार