शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कैलाली र कञ्चनपुरमा पोल्ट्री व्यवसाय तहस नहस, ५० रुपैँया प्रतिकिलो मासु

कैलाली र कञ्चनपुरमा पोल्ट्री व्यवसाय तहस नहस, ५० रुपैँया प्रतिकिलो मासु

  • सोमवार, चैत्र २४, २०७६
कैलाली र कञ्चनपुरमा पोल्ट्री व्यवसाय तहस नहस, ५० रुपैँया प्रतिकिलो मासु

धनगढी : लकडाउनपछि कैलाली र कञ्चनपुरको पोल्ट्री व्यवसाय नै तहसनहस भएको छ। लकडाउनसंगै बजार व्यवासय बन्द भएपछि पोल्ट्री व्यवसाय नै तहसनहस भएको हो। अहिले कुखुराको उत्पादन बढेपनि विक्री नहुँदा नष्ट गर्नुको बिकल्प नरहेको कुखुरा तथा अण्डा उत्पादक किसान संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले बताए।

नाथले भने, ‘जिल्लाको महाकाली नगरपालिकाका तीन, चार जना किसानहरुलाई बुझ्दा उनीहरुले एक कुखुरा सय रुपैँयामा विक्री गरिरहेका रहेछन्। यसरी हेर्दा प्रतिकिलो ५० देखि ६० रुपैँया मात्रै परिहेको छ।’ कञ्चनपुरमा एक हजार भन्दा बढी कुखुरा व्यवसायीहरु छन्।

यता पोल्ट्री व्यवसायमा झण्डै ५ अर्व लगानी रहेको कैलालीमा अहिले कुखुराको विक्री भने ५ प्रतिशत पनि भईरहेको छैन्। कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले भने, ‘कैलालीमा जिउदो कुखुरा दैनिक १५ सय क्वीन्टल विक्री हुँदै आएको थियो। लकडाउन र कोरोनाको त्राससंगै विभिन्न भ्रम फैलाईएपछि दैनिक १० क्वीन्टल कुखुरा पनि बिक्री गर्न समस्या परेको छ।’

उनका अनुसार कैलाली जिल्लामा कुखुरा व्यवसायीलाई दैनिक ६० लाख क्षती भईरहेको छ। कैलाली जिल्लामा भने एक सय ७० प्रतिकिलो कुखुराको मासु विक्री भईरहेको उनले बताए। कैलाली जिल्लामा झण्डै दुई हजार दुई सय कुखुरा किसान रहेका छन्। लामो समयसम्म राख्नका लागि दाना नपाइने र कुखुरालाई जोगाउन समस्या हुने भएकाले धेरै किसानहरुले कुखुरा नष्ट गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार