बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा बासीको रोग र भोकसंग तल्लीन देशकै कान्छा वडा अध्यक्ष

वडा बासीको रोग र भोकसंग तल्लीन देशकै कान्छा वडा अध्यक्ष

  • आइतवार, चैत्र २३, २०७६
वडा बासीको रोग र भोकसंग तल्लीन देशकै कान्छा वडा अध्यक्ष

बाजुरा २३ चैत्र- देशकै कान्छा निर्बाचित जनप्रतिनिध बाजुरा जिल्लाको सदरमुकाम रहेको बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल हुन् । उनको वडा सदरमुकाम बजार क्षेत्रमै पर्दछ । विश्व नोबेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणवाट बच्न लकडाउन भैरहेको समयमा वडा अध्यक्ष रावलले चामल, नुन, र सावुन सहित राहात सामग्री हिजो सनीबारबाट वितरण सुरु गरेका छन् ।
बडिमालिका नगरपालिका वडा नं ८ का ५ सय ९० परिवारको पारिवारिक आर्थिक तथा परिवार संख्याको आधारमा ५ किलो देखि २५ किलो चामल १ किलो नुन र एक चक्की साबुन बितरण गरेको वडा अध्यक्ष रावलले बताए । यो भन्दा पहिला आफैले वडाका सबै घर धुरीलाई मास्क समेत बितरण गरि सकेका छन् ।
लकडाउनको अबस्था हेरि प्रत्येक घर टोलमा गएर राहत बितरण गरेको रावलले बताए । एकै ठाउमा बोलाउदा कोरोनाको संक्रमण हुने भएकोले गाउ टोलमै पुगेर बितरण गरेको उनले बताए । टोल टोलमै गएर राहत बितरण गर्नुका साथै सरसरफाई सम्बन्धि जनचेतना समेत दिदै आएको उनले बताए ।
वडा अध्यक्ष रावलले भने यो बेला बिश्व नै आक्रान्त भईरहेको समयमा आफूले आफ्नो वडाका बासीन्दालाई रोग र भोगसंग कसरी बचाउने भन्नेमा नै दिन बित्ने गरेको बताए । बिहान सबै रै उडेर मास्क मुखमा लगाछु बडाका प्रत्येक टोलमा गएर सरसरफाई सम्बन्धि जनचेतना दिन्छु । कोरोना रोगबाट बच्न अपनाउनु पर्ने उपायबारे पर्चा बाड्छु माईकीङ गर्छु । आजकाल बिकास निर्माणको काम र दैनीक सेवा लिने काम सबैहरुलाई पनि कोरोना रोकथापकै बारेमा सम्झाएर बुझाएर पठाउछु । प्रयास अफिसेल्लि काम रोकेर कोरोना महामारी रोगथाममै समय बिताउने गरेको रावलले बताए ।


वडा बासीको भोकलाई वडाले मात्र नधान्ने भएकोले नगरपालिकासंग पनि राहतको लागि पहल भईरहेको उनले बताए । हिजो आज बितरण गरेको रातह थोरै हो दुई चार दिनलाई हुन्छ । आवश्यकताको आधारमा राहत बितरण गरिरहने रावलले बताए ।
वडाको २ लाख बराबरको आर्थिक सहयोगमा २५ क्यून्टिल चामल नून र साबुन राहत बितरण गरिएको वडा अध्यक्ष रावलले बताए । आफ्नो वडा बसी प्रया बजारमा तरकारी दुध, दही, दाउरा बेचेर गिट्टी वालुवा कुटेर पेट पाल्ने गर्दथे लकडाउनले सबै कृर्षक तथा मजदुरहरुले काम गर्न नपाए पछि भोकै बस्नु नपरोस भन्ने उद्देश्यले राहत बितरण गरेको बताए ।
नेपाल सरकारले लकडाउन घोषण गरेको १२ दिन भयो प्रत्येक दिन दिउसो काम गरेर बिहान साँझ हात मुख जोड्ने परिवार धेरै छन् । प्रया जसो तीन महिना मात्र खान पुग्ने परिवार वडामा धेरै छन् । काम गर्न नपाएपछि छाक टार्न समस्या भएको थियो वडा अध्यक्ष घरमै आएर सहयोग गरेपछि केही समयको लागि भएपनि जोहो हुने भएको स्थानीय बीरबहादुर थापाले बताए ।


त्यसैगरी बाजुराका विभिन्न स्थानीय तहमा सावुन र मास्स वितरण गरेका खवर प्राप्त भएका छन् । कोरोनावाट बच्न बाजुराका नगरदेखि गाउँ वस्तीसम्म जनचेतना फैलाउने, हेल्थ डेस्क, क्वारनटाइन तथा आइसोलेसन कक्ष व्यबस्थापन र राहात सामाग्री वितरण लगायतका कार्य तीब्ररुपमा भएका छन् । कोरोनाबाट बच्न शुरक्षा संयन्त्रको एकिकृत कार्य वाहेक अन्य स्थानीय वडा, प्रदेश र संघीय तहबाट आआफ्नै तौर तरिकावाट एकल कार्य भैरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार