बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • डाक्टर बिनाको आईसोलेसन कक्ष, उपकरण पनि छैन

डाक्टर बिनाको आईसोलेसन कक्ष, उपकरण पनि छैन

डाक्टर नभएको एक बर्ष भयो । मन्त्री देखी माननीय हुदै मेयर भन्छन पहल भईरहेको छ ।

  • आइतवार, चैत्र २३, २०७६
डाक्टर बिनाको आईसोलेसन कक्ष, उपकरण पनि छैन
फाईल फोटो

पदमबहादुर सिंह /बाजुरा २३ चैत्र– बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रमा रहेको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डक्टर नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो ।
बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका ५० हजार बढी जनसंख्यालाई स्वास्थ्य केन्द्र सेवा दिदै आएको छ । एक जना डाक्टरको दरबन्दि भएको स्वास्थ्य केन्द्र लामो समय देखी डाक्टर नहुदा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय गोरख सार्कीले बताए । डाक्टर नहुदा सामान्य उपचारको लागि सदरमुकाम तथा अन्य शहरमा महंगो भाडा तिरेर उपचार गर्नु पर्ने बाध्यता रहेको सार्कीले बताए । बिश्व ब्यापीरुमा फैलिरहेको कोरोनाको बाजुरा उच्च जोखिममा देखीन्छ । महामारी फैलिएपछि बाच्ने आशा मारिसकेको स्थानिय रंगमल बिकले बताए ।
हाल बिश्वनै नोबेल कोरोना भाईरस (कोभिड १९) संग जुधिरहेको छ । त्यो क्षेत्रका स्थानिय बिशेष गरि कामको सिलसिलामा देशका अन्य शहर तथा भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । कोरोनाले बिश्वब्यापी महामारीकोरुप लिएसंगै भारत लगाएत अन्य मुलकबाट बाजुरा आएका थूप्रै जनता खुलम खुला गाउ बजार डुलिरहेका छन् । स्थानिय तहले क्वारेन्टिन स्थापना गरेका छन् । निर्माण गरिएका क्वारिन्टिन खालि छन् । भने कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्पद बिरामीलाई राख्न २ बेडको आईसोलेसन कक्ष निर्माण गरिएको छ । तर न उपचार गर्ने डाक्टर नै छन नत उपचारमा खटिने स्वास्थ्यकर्मीको लागी उपकरण नै । उपकरणको नाममा मास्क समेत नभएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ओमजंग शाहीले बताए । यस्तो महामारीको समयमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न भएपनि उपकरणको बन्दो बस्तो हुनु पर्ने कुनै बन्दो बस्तो छैन । बाच्ने आशा त सबैलाई हुन्छ शाहीले थपे । माथिल्लो निकाएलाई समन्वय गरिरहेका छौ आउदैछ भन्ने गरेको उनले बताए । नेपाल सरकारले आईसोलेसन कक्ष निर्माण गरेको स्वास्थ्य सस्थामा एक जना डाक्टर सहितको टोली, अक्सीज, बिरामीलाई लगाउने मनिटर पिपिई सेट ग्राउन पन्जा, मास्क लगाएतको थुप्रै उपकरण अबश्यकता पर्दछ । कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा धेरै उपकरण छैन । दुई बेड छुट्याएर नाम मात्रको आईसोलेसन कक्ष स्थापना गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तका अनुसार कोल्टि आउने डाक्टर नै नभेटाएको बताए । सम्बन्धित मन्त्रालयमा सम्पर्क गरेर समस्य बताएको छु । मन्त्रालयले कोही चिनेको डाक्टर सम्पर्कमा भए हामिलाई खबर गर्नु पठाई दिन्छु भनेको छ । आफ्नो सम्पर्कमा कुनै डाक्टर नभएको पन्तले बताए । डाक्टर नभए कोल्टिमा आईसोलेसन राखेको काम नहुने बताए । सम्बन्धित बुढीनन्दा नगरपालिकाले डेढ महिना अगाडी डाक्टरको लागि भ्याकेन्सि खोलेको थियो कसैले दर्खास्थ दिएनन् । भौगोलिक रुपमा हेर्दा महामारीको रोकथाम तयारीको लागी त्यस क्षेत्रमा आईसोलेसन कक्ष थप्नु पर्ने अबस्था देखीन्छ ।
सम्बन्धित सरोकारवालाहरुले समन्वय भईरहेको बताउने गरेका छन् । प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले दुई महिना पहिला कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्य केन्द्रको अबस्था अबलोकन गरेको तर त्यो प्राथामिक स्वास्थ्य केन्द्र त्यस्तो हालतमा होला भन्ने कल्पना समेत नगरेको थापाले बताए । उति बेलै डाक्टर ल्याउन पहल गर्ने बताएका थिए । हालसम्म डाक्टर आएका छैन । प्रदेश क बाट निर्बाचित प्रदेश सांसद बलदेब रेग्मी त्यसै नगरपालिकाका हुन उहाले पनि पहल भईरहेको बताउछन् । एक बर्षसम्म पहलै पहल भएको मात्र भन्छन् । डक्टर आएका छैनन स्थानिय प्रदिपराज जैशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार