शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

  • शनिबार, चैत्र २२, २०७६
नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया
फाइल तस्बीर

काठमाडौँ — कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो ।

सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो ।

सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’

चर्चामा

सम्बन्धित समाचार