शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • COVID-19 र बाजुरामा यसले निम्त्याउन सक्ने जोखिम

COVID-19 र बाजुरामा यसले निम्त्याउन सक्ने जोखिम

  • शुक्रबार, चैत्र २१, २०७६
COVID-19 र बाजुरामा यसले निम्त्याउन सक्ने जोखिम

चीनको वुहान प्रान्तमादेखिएको यो घातक र मानव विनाशकारी कोरोना भाइरस (कोभिड-१९) हाम्रो नेपालमा पनि भित्रिसकेको छ। निमोनिया जस्तो देखिने यस भाइरसको संक्रमण पहिलो पटक सन २०१९ डिसेम्बर ३१ मा चिनको वुहानमा पत्ता लागेको थियो।त्यसपछि विश्वका शक्ति शालि राष्ट्र जापान, थाइल्यान्ड, दक्षिण कोरिया, स्पेन ईटालि अमेरिका तथा नेपालमा समेत यसको संक्रमणका विरामि भेटिई सकेका छन।विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस का कारण अहिले सिङ्गो जगत नै आतंकित बनेको छ l विश्वका लगभग सबै मुलुकमा अहिले कोरोना भाइरस फैलिसकेको अवस्था छ l विश्वमा ठुला शक्तिशालि राष्ट्र पनि कोरोना सँगको लडाईमा हार खाइरहेको अवस्था छl विकसित के अविकसित सबै राष्ट्र यसबाट आक्रान्त बन्न पुगेका छन् l राजा देखि प्रजा सम्म, धनी देखि गरिब सम्म सबै व्यक्ति यसबाट  सिकार भइरहेका छन् l

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसकै कारण मृत्यु भैसकेको छ ब्रिटेनका राजकुमार देखि प्रधानमन्त्री सम्म र अन्य कैयौँ मुलुकका ठुलावडा लगायत उच्च अधिकारीहरूलाई पनि यसले छोडेको छैन lहाम्रो देश नेपालमा पनि यो घातक र मानव विनाशकारी कोरोना भाइरसभित्रिसकेको छ l संसारका शक्ति, सम्पन्न, अत्यन्त विकसित राष्ट्रहरूमा समेत चुनौती बनेको छ l कोरोना भाइरस नियन्त्रण र रोकथाममा उनीहरूको समेत जोड नचलेको वर्तमान अवस्थामा हाम्रो जस्तो अविकसित र साधन, स्रोत सम्पन्न र सचेतना नभएको वाजुरामा यस भाईरसबाट मुक्ति पाउनु अत्यन्त ठुलो चुनौती हाम्रा सामु खडा भएको छ l अनुसन्धान र उपचार त परको कुरा जनचेतना मुलक सन्देश फैलाउने आवश्यक राहत सामाग्रि उपलव्ध गराउने जिम्मेवार प्राप्त स्थानिय तहका जनप्रतिनिधि ज्यूहरु र विभिन्न ठाउँमा हेल्प डेस्क खडागरि आफ्नो जीउ ज्यान जोखिममा राखेर अहोरात्र खटेका स्वस्थ्यकर्मि हरुका लागि स्वास्थ्य शुरक्षाका लागि लगाउने गतिलो माक्स,पन्जा,सेनिटाईजर जस्ता स्वास्थ्य सामाग्रिको अभाव भएको जिल्लामा कोरोना भाइरसबाट  मुक्ति पाउन सोचे भन्दा पनि भयावह स्थिति आउने सम्भावना हाम्रा सामु रहेको छ l विकाशका दृष्टिले अल्प विकशित वाजुराका धेरै जसो जनसंख्या अशिक्षितभएको कारण कुनैपनि यस्ता सरुवा रोग माहामारि का विषयमा जानकार हुन परैको कुरा हो उल्टै रुढिवादि परम्परामा विश्वास गर्ने भएको हुदा संक्रमण डढेलो झै नफैलिएला भन्न सकिदैन।

कोभिड १९ विश्वमै विसुद्ध नयाँ रोग भएको कारणले होला यसको परिक्षण जताततै  अस्पतालहरुमा उपलव्ध छैन देशभरमा एउटा मात्र प्रयोगशाला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु संगै स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा रहेको छ । यहि एउटा प्रयोगशालाबाहेक देशका अन्य कुनै पनि स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशाला नभएको हुँदा अहिले कोरोना भाइरसको परीक्षणमा समेत कठिनाइ उत्पन्न भएको छ l साथै अहिले मुलुकमा लक–डाउनको स्थिति पनि छ l भर्खरै सरकारले सबै प्रदेशमा यस प्रकारको आधुनिक प्रयोगशाला स्थापना गर्ने भनेर आवश्यक प्रकृया अगाडि वढाईसकेको अवस्था छ जसले गर्दा बाजुराको हकमा सुदुरपश्चिम प्रदेशमै यो सेवा उपलव्ध भएको खण्डमा पनि अलिक राहत हुने देखिन्छ । अर्को डरलाग्दो कुरा त के छ भने वाजुरा जिल्लाका अधिकांश यूवाजनशक्ति रोजगारिका लागि छिमेकि मुलुक भारत जाने भएकाले पछिल्लो समय भारतमा पनि यस भाईरसको संक्रमण देखिईसकेपछि तत पश्चात त्रशित भारतमा रहेका नेपालि लकडाउनको समयमा लुकिछिपि आफ्नो गाउँ घर फर्किने समाचार आईरहेका छन जसले गर्दा स्वास्थ्य संयन्त्र कमजोर हाम्रो जिल्ला बाजुरामा मास्थिति भयावह हुने सम्भावना देखिन्छ यसको लागि वेलैमा प्रशासनले स्थानिय सरकार संग समन्वय पाटो विलयो वनाई आफ्नो स्तरमा वेलैमा सजग रहि तयारी अवस्थामा वस्न सकेसंक्रमण केहि हदसम्म कमि होला ।

हाल सम्म कोरोनाको कुनै औषधि पत्ता लागिनसकेको अवस्थामा रोकथामको  महत्त्वपूर्ण उपाय भनेकै“लक डाउन गरि एक आपसको उपयुक्त सामाजिक दुरि कायम राख्नु र लकडाउनकोप्रभावकारी कार्यान्वयन नै हो l ढिलै भए पनि सरकारले सिङ्गो मुलुकलाई नै लक डाउन गरेको छ l अब यसको पालना गर्ने र गराउने दायित्व हामी सबैको टाउकोमाआइपुगेको छ यसमा विशेसगरि वाजुरा प्रशासन र स्थानिय तहका जनप्रतिनिधि ज्यूहरुको जिम्मेवारि रहन्छ l हाम्रो जस्तो आधुनिक स्वास्थ्य सेवाको अभाव रहेको जिल्लामा कोरोना भाइरसबाट बच्ने एउटा मात्रै उपाय भनेको सावुनपानिले हात धुने र घरभित्रै वसि सामाजिक उपयुक्त दुरि कायम गर्नु नै हो l यसको प्रभावकारी कार्यान्वयनका लागी वाजुराको प्रशासनको मुख्य जिम्मेवारी देखिन्छ ।

बाजुरा जिल्लाको सन्दर्भमा यस रोगको संक्रमण रोक्नका लगि बाजुराको प्रशासन साथै अन्तर्गतका स्थानिय निकायले समन्वय गरेर ठोस कदम चाल्न नसकेमा नियन्त्रण गर्न पक्कै गार्हो विषय हो । यो विषय सवै जानकारहरुलाई मनन हुन जरुरि छ । साथै अर्को कुरा हाल संघ सरकारले पुरै देश चैत्र २५ गते राति  १२ वजेसम्मका लागि लकडाउन गरेको छ  । लकडाउन वढाउने वा घटाउने यो अहिले भन्न सकिदैन । लकडाउन अगावै २०७६ चैत्र ४ गते QR 562 नं को फ्याईटमा सवार व्यक्तिहरुमा संक्रमण देखिने क्रम जारी छ । उक्त सन्दर्भलाई मध्येनजर गर्दै वाजुरा जस्तो विकट स्वास्थ्य संयन्त्र कमजोर भएको जिल्लामा यो विपतको घडिमा स्वास्थ्यकर्मि परिचालन पनि त्यतिकै चुनौतिपुर्ण विषय बनेको देखिन्छ । सामान्य अवस्थामा त पन्जा सम्म नभई त्यसै काम गर्न वाध्य वाजुराका स्वास्थ्यकर्मिहरुलाई यो परिस्थितिमा भने झन जोखिम पक्कै छ ।जसको लागि अनिवार्य रुपमा स्वास्थ्यकर्मीको लागि Personal Protective Equipment (PPE) को व्यवस्थापनको लागि आवश्यक पहल र व्यवस्थापन  गर्नु सम्वन्धित निकायको जिम्मेवारी ठहरिन्छ ।

नेपालमा कोरोना नआउन पर्थ्यो आईसक्यो त्यसैले यसको तत्कालीन समाधान यतिबेलाको प्राथमिक काम हो । यस सम्बन्धमाWHO ले भनेअनुसार होशियारी अपनाउनु हामी सबैको जिम्मेवारी हो । साथसाथै, संक्रमण हुन नदिन समाधानका लागि आवश्यक सोच र चिन्तन गर्न थाल्नु पहिलो चरणको  महत्वपूर्ण काम हो । संक्रमण भैसकेपछि उपचार सम्वन्धमा सवै संयन्त्र तयारी अवस्थामा राख्नु पनि सम्वन्धित निकायको उत्तिकै महत्वपूर्ण काम हो ।यसका लागि हामीसँग एउटै उपाय छ (ज्वोरो आउदा धामिझाक्रि वोलाउने)रुढिवादि दृष्टिकोणको परित्याग गरि हाम्रो आस्था र सोचको परिवर्तन नै समाधानको एउटा उपाय हुन सक्छ ।जस्को लागि जनचेतनामुलक सन्देश /स्यास्थ्य शिक्षा लागु गरि कोरोनाको संका लाग्न वित्तिकै (उच्च ज्वरो आएमा,सुख्खा खोकि लागेमा,हाच्छ्यू आएमा) धामिझाक्रि हैन नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ र स्वास्थ्यकर्मिको सल्लाह अनुसार होम क्वारेन्टिनमा वस्नु नागरिकहरुको कर्तव्य ठहरिन्छ ।

नेपालको सन्दर्भमा वाजुरा जिल्ला हर हिसावले पछाडि परेको जिल्ला जहाको हर कुरा पछाडि भएकै कारण विकटताको जिल्लाभनि चिनिन्छ, यहाका स्वास्थ्य संयन्त्र कमजोर पक्कै छन तर यो विषम परिस्थितिमा कोरोनाले सुगम दुर्गम केहि नभनि वाजुरामा पनि काठमाण्डौ सरह नै राज गर्न सक्ने भएकोकारण बेलैमा सबै स्थानिय तहसंग समन्वय गरि तपशिलअनुसारका कदमहरु चाल्न सकेको खण्डमासंक्रमण हुन बाट कम गर्न सकिएला ।

  • लकडाउनको क्रममा घर फर्कन चाहने भारतमा रहेकाबाजुरावासिलाई नियमानुसारस्वदेश फर्काउन पहल गरि सम्वन्धित स्थानिय तहको जिम्मा लगाउने ।
  • कोरोना भाईरस सम्वन्धि जनचेतनामुलक सन्देश फैलाउन स्वास्थ्य शिक्षामुलक कार्यक्रम तथा प्रचार प्रसारको लागि माईकिङ तथा स्थानिय भाषामा रेडियोहरुमा सूचना वजाउ ।
  • भारत लगायत अन्य देशबाट आएका सवैको विवरण तयार गरि सम्वन्धित स्थानिय तहले अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नौ।
  • सवै वडाकार्यालयलाई जिम्वेवार हुने गरि अनाआवश्येक हल्ला फैलाउनेलाई कारवाहि गर्ने र प्रत्येक वडामा सत्यतथ्य सूचनाको लागि वडाअध्यक्षलाई जिम्मेवार वनाउने ।
  • लकाडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्ने परिपाटि मिलाउने ।र लकडाउन अवधि थप गर्ने गर्नका लागि संम्वन्धित निकाय समक्ष आग्रह गर्ने नत्र दिनभरी बनाईएको पर्खाल वेलुका भत्यकएझै नहोला भन्न सकिन्न ।
  • साविक को गा.वि.स पिच्छे गुणस्तरिय स्वास्थ्य सामाग्रि (पिपिई)सहित हेल्थडेस्क खडा गरि प्रोत्साहन सहित उच्च मनोवलका साथ स्वास्थ्यकर्मिको व्वस्थापन गरौ ।
  • लकडाउनको प्रभाव परेका जस्तै दैनिक काम गरि परिवार पाल्ने श्रमिकहरुको चुल्हो निभ्न नदिन वडागत रुपमा वास्तविक त्यस्ता श्रमिकहरुको पहिचान गरि आवश्यक राहत प्याकेज दिउ ।
  • तयारी अवस्थामा रहेका स्वास्थ्यकर्मीको स्म्पर्क नम्वर सहितको विवरण सर्वसाधारणलाई उपलव्ध गराउ जसले त्रास कम भै भौगोलिक हिसावले ५/६ घण्टा हिडेर स्वास्थ्य परामर्श लिनपर्ने वाध्यता भएका सर्वसाधारणलाई सहज हुन्छ ।

अन्तमा, आवश्यक परेको खण्डमाबाजुरा प्रशासनले जिल्लामा रहेका  समाजसेवि/विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था/शिक्षक/राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालन गर्न पनि पछि पर्नु हुँदैन र त्यसको लागि सम्पूर्ण तयार रहनु पर्दछ l स्वास्थ्य सुरक्षा र सामग्रीको भरपर्दो बन्दोबस्त भने बाजुरा प्रशासनले सवै स्थानिय तहसंग समन्वय गर्नुपर्छ l आम बाजुरावासि नागरिकहरूले पनि यस राष्ट्रिय विपत्तिलाई आत्मसात् गर्दै संघिय/प्रादेशिक/स्थानिय सरकारद्वारा जारी आदेश र निर्देशनको परिपालना गर्नु एकदमै जरुरी छ l सबैले हातमा हात र काँधमा काँध जोडेर मात्र यो विपत्तिबाट मुक्ति पाउन सकिन्छ l कोरोना भाइरसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाउ सिङ्गो नेपाललाई कोरोना बाट मुक्ति दिलाउन जो जहाँ छौ भित्रै बसौl

(विगत ५ वर्ष देखि निजामति सेवामा आवद्ध भण्डारी हाल नरैनापुर गाउँपालिका वाँकेमा कार्यरत हुनुहुन्छ )

 

चर्चामा

सम्बन्धित समाचार