शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बझाङ बाजुरा सहयोग समुहद्धारा प्रहरीलाइ मास्क र सेनीटाइजर सहयोग

बझाङ बाजुरा सहयोग समुहद्धारा प्रहरीलाइ मास्क र सेनीटाइजर सहयोग

  • बिहिबार, चैत्र २०, २०७६
बझाङ बाजुरा सहयोग समुहद्धारा प्रहरीलाइ मास्क र सेनीटाइजर सहयोग

बाजुरा २० चैत्र
बझाङ बाजुरा सहयोग समुहद्धारा प्रहरीलाई मास्क र सेनीटाइजर सहयोग गरेको छ । हालको अबस्थामा सबै भन्दा बढि प्रहरी जोखीम रहेको भन्दै समहुले जिल्ला प्रहरी कार्यलयमा गएर मास्क र सेनिटाइजर बितरण गरेको हो ।
कोरोना भाइरसबाट बच्नका लागि केही राहत मिलोस भनेर ५ लिटर सेनीटाइजर १ सय ओटा मास्क जिल्ला प्रहरी कार्यालयमा बितरण गरिएको बझाङ बाजुरा सहयोग समुहका सदस्य तथा जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर रोहीत कुमार गिरीले बताएका छन् ।
अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई मास्क अनिबार्य रुपमा उपलब्ध भई जोखीमबाट बच्नका लागि मास्क र सेनिटाईजर बितरण गरिएको डाक्टर गिरीले बताए । बजारमा सेनटिाइजर नपाइने भएकाले डाक्टरहरुको समहु मिलेर बिश्व स्वास्थ्य संघको नियमाअनुसार जिल्लामै आफैले उत्पालन गरेको ५ लिटर सेनिटाइजर समेत सहयोग गरेको डाक्टर गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार