मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • सरकार आफै लकडाउनको उल्लंघन गर्दै, बाजुरा पठाउने काम रोकिएन

सरकार आफै लकडाउनको उल्लंघन गर्दै, बाजुरा पठाउने काम रोकिएन

  • बिहिबार, चैत्र २०, २०७६
सरकार आफै लकडाउनको उल्लंघन गर्दै, बाजुरा पठाउने काम रोकिएन

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेको छ । तर सरकारनै आफै लकडाउनको उल्लघंन गरिरहेको पाईएको छ । अत्याआबश्यक बाहेक अरुबेलो हिडडुल र यातायात चलाउन नपाउने भएपनि बाजुरामा भने भारत र जिल्ला बाहिर बाट मानिस सरकारले गाडि रिर्जभ गरेर पठाइरहेको छ ।
लकडाउनमा आवतजावत सबै बन्द हो, जुन जिल्लामा छ, त्यहि बस्ने हो, अर्को भारतमा अलपत्र परेकालाइ भारत सरकारले नै क्वारेनटाइनमा राख्ने सहमति भएको छ, तर बाजुरामा भने प्रदेश सरकार अन्य जिल्ला बाटनै धमाधम जिल्लामा पठाइरहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताए । बाहिर जिल्ला बाट नपठाउनु पर्ने हो पठाइहाल्छन्, यसरी आएकालाई क्वारेनटाइनमा राख्ने गरेको न्यौपानेले वताए ।
लकडाउन भएको समयमा बाजुरामा भने भारतबाट आउनेहरुको संख्या हुलका हुल आइरहेका छन् । कामका लागि भारत गएकाहरुलाई प्रदेश सरकारले लकडाउनको उल्लघन गर्दै जिल्ला जिल्लामा पठाइरहेको पाइएको छ । सुदुर पश्चिम प्रदेश उसै पनि जोखीम भएका बेला प्रदेश सरकारले धमाधम जिल्ला पठाउने काम गरीरहेको छ, यसले जिल्ला पुरै जोखिम रहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए ।
बिहिवार मात्र सिन्धुपाल्चोक बाट १७ जना र कैलालीको अत्तरीया बाट ७ जना यात्रु पठाएको छ । अछाम प्रहरीले चौखुट्टेमा रोकेको छ, जिल्लामा ल्याउनका लागि पहल भइरहेको बाजुरा प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् । यसरी नपठाउनु पर्ने हो खै पठाउने काम भइरहेको छ, यो सरासर लकडाउनको उल्लंघन भएको भट्टराइले वताए ।
तिन दिन पहिला प्रदेश सरकारले २ गाडी मान्छे भारतबाट आएकोलाई बाजुरा पठाएको छ । जसमा २६ जना आएका थिए । से १ ज १०१८ नम्बरका जिप चालक कृष्ण शाहिले भने पास लिएर कामका लागि काठमाडौ गएको थिए, फर्कीदा कैलालीको अत्तरीया बाट प्रहरीले जबरजस्त पठाएको वताए । अहिले अछाम प्रहरीले चौखुट्टेमा रोकेको उनले वताए । आफुले ल्याउन मानेको नै थिएन्, तर जबरजस्त प्रहरीले पठाएको उनले वताए ।
बाजुरा त्यसै त भारत बाट गाँउ गाँउमा घर आएका छन् । यसले गर्दा बाजुरा कोरोनाको उच्च जोखिममा छ, अर्को सरकारले नै यसरी पठाउदा निकै जोखिममा रहेको नागरिक अगुवा प्रदिप राज जैशीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार