बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा एकैदिन ७१९ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन ७१९ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एक लाख संक्रमितको मृत्यु हुने अनुमानका बीच ट्रम्पले दिए स्थिती थप पीडादायी हुने चेतावनी

  • बुधबार, चैत्र १९, २०७६
अमेरिकामा एकैदिन ७१९ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए । साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ । यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् । कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।
‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने । उनले थपे, ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।’अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ । यहाँ मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार