शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले एकै दिन ३७१८ को मृत्यु : स्पेनमा ९१३, इटलीमा ८१२ र अमेरिकामा ५७३

कोरोनाले एकै दिन ३७१८ को मृत्यु : स्पेनमा ९१३, इटलीमा ८१२ र अमेरिकामा ५७३

  • मङ्लबार, चैत्र १८, २०७६
कोरोनाले एकै दिन ३७१८ को मृत्यु : स्पेनमा ९१३, इटलीमा ८१२ र अमेरिकामा ५७३

काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबारसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय ७ जना निको भएका छन्।

सोमबार एकै दिन स्पेनमा ९ सय १३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६३ हजार ४ सय ६० जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा सोमबार सबैभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाले सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्। इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्। हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै अमेरिकामा सोमबार ५ सय ७३ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ। अमेरिकामा संक्रमितको संख्या १ लाख ५५ हजार १ सय ८१ पुगेको छ। जसमा नया संक्रमित २० हजार ३ सय ५३ रहेको छ। त्यस्तै ३ हजार ५ सय १२ जना गम्भीर रहेका छन्।

कोरोनाले एकै दिन ३७१८ को मृत्यु : स्पेनमा ९१३, इटलीमा ८१२ र अमेरिकामा ५७३

चर्चामा

सम्बन्धित समाचार