शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

  • सोमवार, चैत्र १७, २०७६
बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ । मृत्यु भएपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको दुई पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

दुवईबाट चैत ६ गते नेपाल आएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो । स्वाब परीक्षण नगरी अस्पतालले बिरामी राख्दा मृत्यु भएको उनकी श्रीमतीले बताएकी छन् । ज्वरो देखिएका उनले केही दिनअघि टाइफाइड भएको भन्दै औषधि पनि खाइरहेका थिए ।

आइसीयु समेत नरहेको अस्पतालमा राखिएकै कारण उनको मृत्यु भएको दाबि गरिएको छ । अस्पतालले भने अकस्मात श्वासप्रश्वासमा समस्या देखिएकाले मृत्यु भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार