बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको मृत्यु

  • आइतवार, चैत्र १६, २०७६
कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको मृत्यु

एजेन्सी — कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसा हिजो (शुक्रबार) मृत्यु भएको बताइएको छ ।

राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ । शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार