शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै

बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै

  • शनिबार, चैत्र १५, २०७६
बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै
फाइल तस्बिर

बाजुराको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको छ । धनगढी बाट बाजुराका लागि आएको से १ च ५२४ नम्बरको एम्बुलेन्समा १० जना यात्रु बोकेको अछाम प्रहरीले जनाएको छ ।
डोटि र अछामको चौखुट्टेमा रहेको अछामको प्रहरीले उक्क्त एम्बुलेन्समा यात्रु ओसारेको भन्दै एम्बुलेन्स अछाम प्रबेश रोक लगाएको छ । अछामका प्रहरी प्रमुख दिपक भारतीका अनुसार चौखुट्टेमा प्रहरीको चेकजाँचका क्रममा यात्रु बोकेको पाइएपछि प्रहरीले एम्बुलेन्स अछाम प्रबेशमा रोक लगाएको वताएका छन् ।
एम्बुलेन्समा बुढिगंगा नगरपालिका, बडिमालिका नगरपालिका र एकजना अछामको यात्रु रहेको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेका अनुसार अछाम प्रहरिले प्रबेशमा रोक लगाएको छ, उनिहरु कुन कुन ठाँउको हुन्, त्यहि स्थानिय तहले क्वारेनटाइनमा राख्ने भए बाजुरा ल्याउनका लागि पहल भइरहेको बताएका छन् । त्यसरी यात्रु बोक्ने चालकलाई कार्यवाहि गर्ने न्यौपानेले बडिमालिका खबरलाई बताएका छन् । बाह्रबिस शाखाको एम्बुलेन्समा पटक पटक यात्रु ओसार गरिरहेको गुनासो आईरहेको थियो ।
बाह्रबिस रेडक्रस शाखाले सञ्चालनमा गरेको उक्त एम्बुलेन्स भारत सरकारले सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बाजुराका सभापति राम बहादुर शाहि र मन्त्रि मेखराज जोशीले यो बारेमा कुनै जानकारी नभएको वताएका छन् । सभापति शाहिले प्रहरी बाट यात्रु बोकेको खबर पाएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार